
भारतको पञ्जाब राज्यका बहालवाला मुख्यमन्त्री भगवन्त मानले चण्डीगढस्थित आफ्नो घरमा बिहीवार विवाह गर्ने भएका छन् ।
डा गुरप्रीत कौरसँग उनले विवाह गर्ने भएका हुन् । उनको विवाहमा दिल्लीका मुख्यमन्त्री तथा आम आदमी पार्टीका राष्ट्रिय संयोजक अरविन्द केजरीवाल पनि सहभागी हुनेछन् ।
मानले यसअघि पनि विवाह गरिसकेका छन् । लगभग ६ वर्षअघि उनको पारपाचुके भएको थियो ।
प्रकाशित मिति : २०७९ असार २२ गते बुधबार









प्रतिक्रिया दिनुहोस्