कोहलपुर ।
कोहलपुर नगरपालिका व्यवसायिक सहरका रुपमा विकसित भइरहेको छ । जिल्लाको दोस्रो ठूलो सहरका रुपमा रहेको कोहलपुरमा सानादेखि ठूला उद्योग समेत धमाधम खुलिरहेका छन् ।
फुटपातमा व्यवसाय गर्ने व्यवसायीदेखि पाँचतारे होटलसम्म कोहलपुरमा सञ्चालनमा रहेका छन् । औद्योगिक सहरका रुपमा विकसित हुँदै गरेको कोहलपुरमा उपभोक्ताहरुको हकहित र व्यवसायिक मूल्य मान्यतामा व्यवसाय सञ्चालन भएको पाइदंैन ।
कुनै पनि सानो वा ठूलो व्यवसाय सञ्चालन गर्दा अनिवार्य रुपमा सम्बन्धित निकायमा दर्ता गर्नुपर्ने हुन्छ । भने पसलमा बेच्ने सामानको मूल्यसूची राख्नु अनिवार्य हो । तर कोहलपुरमा सानादेखि ठूला उद्योगहरुमा समेत त्यस्ता कानूनी व्यवस्थाको पूर्ण पालना गरेको पाइदैंन ।
एक अनुगमनमा कोहलपुर नगरपालिका क्षेत्रमा सञ्चालनमा रहेका अधिकांश पसलहरुले मूल्यसूची नै नराखेर सामान बिक्रि वितरण गर्ने गरेको पाइएको छ । मुख्य सहरी क्षेत्रमै विना मूल्यसूची व्यवसाय सञ्चालन गरिरहेको पाइएको हो । मूल्यसूची नराख्नेमा खुद्रा पसलदेखि विभिन्न सामानका डिलरहरु समेत रहेका छन् ।
व्यवसाय उपभोक्तामैत्री सञ्चालन भए नभएको विषयमा जानकारी लिनको लागि कोहलपुरमा शुक्रबार बजार अनुगमन भएको थियो ।
कोहलपुर नगरपालिकाका अधिकृत वीरबहादुर वि.क.का अनुसार सरोकारवाला निकायहरुको सहभागितामा चार वटा पसलहरुको अनुगमन गरिएको थियो । गण्डकी जनरल स्टोर्स एण्ड जनरल अर्डर सप्लायर्स, पञ्चकोशी स्टोर, श्रेष्ठ सस्तो पसल एण्ड स्नेह खाद्य सप्लायर्स र हाम्रो भूषाल स्टोर्समा अनुगमन गरिएको उनले मिसन टुडेलाई जानकारी दिए ।
अनुगमन गरिएकामध्ये पञ्चकोशी स्टोरमा तीन दिनभित्र मूल्यसूची टाँस गरी अद्यावधिक गर्ने, व्यवसाय दर्ता कागज पसलमा देखिने गरी टाँस गर्न निर्देशन दिइएको छ । यस्तै म्याद गुर्जेका कुरमुरे लगायतका सामग्री जफत र लेभल नभएको तथा मिति नभएको सामान बिक्रि वितरण नगर्न निर्देशन दिइएको अधिकृत वि.क.ले बताए ।
हाम्रो भूषाल स्टोर्समा हात्ती छाप भुजाको म्याद गुर्जेको देखिएको हुँदा उक्त भुजा बिक्रि वितरण नगर्न भनिएको छ । ‘हामीले बजार अनुगमन गरेका छौँ । केही पसलमा अनुगमन गरिएको हो । प्राय पसलहरुले मूल्यसूची र अन्य कागजात नराखेको पाइएको छ । सबैलाई सचेत गराएका छौँ’ उनले भने ।









प्रतिक्रिया दिनुहोस्