आरटीआर १६० फोरभी आरटीएफआईको कोहलपुर र नेपालगन्जमा एकैसाथ लञ्च



टेक्नोलोजीयुक्त इन्जिनले माइलेज वृद्धि गर्नुका साथै वातावरणमैत्री हुन्छ । त्यति मात्र नभएर यस मोटरसाइकलमा स्मार्ट एक्स कनेक्ट फिचर छ, जसको सहायताले मोटरसाइकलमा ब्लुटुथ कनेक्ट प्रणालीमार्फत रेस टेलिमेट्री, टर्न बाई टर्न नेभिगेसन, मल्टिपल स्पट प्लटिङ, लिन एंगल मोड, साथै कल र एसएमएस अलर्ट जस्ता आधुनिक सेवा जडान गरिएको श्रेष्ठले बताए । यसले बाटोमा यात्रा गर्दा अरु सामान्य मोटरसाइकलभन्दा अतिरिक्त फाइदा दिने उनको भनाइ छ ।

कोहलपुरको पानस अटो मोटिभ्समा टीभीएस अपाचे आरटीआर १६० फोर भीको आरटीएफआई सार्वजनिक गरिदैं ।

बाँके ।

टिभीएस अपाचे आरटीआर १६० फोरभीको आरटीएफआई भर्सन कोहलपुर र नेपालगन्जमा एकैसाथ सार्वजनिक गरिएको छ । एक कार्यक्रमका बीच सोमबार कोहलपुर र नेपालगन्जका शोरुममा एकैसाथ अपाचे आरटीआर १६० फोरभीको आरटीएफआई सार्वजनिक गरिएको हो ।

कोहलपुरमा टिभीएसको आधिकारिक बिक्रेता पानस अटो मोटिभ्स र नेपालगन्जको ग्रेस एण्ड ग्लोबल टे«डिङमा सार्वजनिक गरिएको थियो । कोहलपुरमा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य चक्रबहादुर अधिकारी र जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक हिमालय शाहले मोटरसाइकल सार्वजनिक हुन् । सो अवसरमा बोल्दै केन्द्रीय सदस्य अधिकारीले टिभीएस अपाचे आरटीआर १६० फोरभीको आरटीएफआईले सबैको मन जित्न सफल हुने विश्वास व्यक्त गरे ।

‘टिभीएसका मोटरसाइकल किफायती र बलिया हुन्छन्,’ उनले भने, ‘सोमबार सार्वजनिक गरिएको नयाँ भर्सनले युवाहरुको मन जित्न सफल हुन्छ भन्ने मलाई लाग्छ ।’ पानस अटो मोटिभ्सका सञ्चालक मनप्रसाद आचार्यले टिभीएस अपाचे आरटीआर १६० फोरभीको आरटीएफआई कोहलपुरबाट समेत बिक्रीवितरण गर्न थालिएको बताए ।

नेपालगन्जको ग्रेस एण्ड ग्लोबल टे«डिङ्गमा टीभीएस अपाचे आरटीआर १६० फोर भीको आरटीएफआई सार्वजनिक गरिदैं ।

‘दसैंतिहारको अवसरमा पारेर हामीले कोहलपुरमा टिभीएसका विद्युतीय स्कुटर कोहलपुरमा ल्याउँदैछौं,’ उनले भने । यस्तै सोमबार नै टिभीएस नेपालगन्जका लागि आधिकारिक बिक्रेता ग्रेस एण्ड ग्लोबल टे«डिङमा समेत टिभीएस अपाचे आरटीआर १६० फोरभीको आरटीएफआई लञ्च गरिएको थियो ।

नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुलवाहिद मन्सुरी (चुन्ना)ले अपाचे आरटीआर १६० फोरभीको आरटीएफआईको सार्वजनिक गरेका थिए । टिभीएस अपाचे आरटीआर १६० फोरभी आरटीएफआईमा यस वर्गमै पहिलो र सबैभन्दा उत्कृष्ट तीन राइड मोडहरु रेन, अरबन र स्पोर्टस् रहेको जगदम्बा मोटर्सले जनाएको छ ।

जगदम्बा मोटर्सका प्रतिनिधि प्रकाश श्रेष्ठले दिएको जानकारीअनुसार जसलाई चालकले सहजता र परिस्थितिको आधारमा मोटरसाइकल कुदाउँदा परिवर्तन गर्न सक्नेछन् । यी फिचर्सले चालकको राइडिङ् अनुभवलाई थप सहज र सुरक्षित बनाउने उनले बताए । उनका अनुसार यस मोटरसाइकलको अर्को सशक्त पक्ष भनेको रेस ट्यून्ड फ्यूल इन्जेक्सन आरटीएफआई टेक्नोलोजीयुक्त बीएसभीआई कम्पलाएन्ट इन्जिन रहेको छ ।

कोहलपुरको पानस अटो मोटिभ्समा टीभीएस अपाचे आरटीआर १६० फोर भीको आरटीएफआई सार्वजनिक गरिदैं ।

अटोमोबाइल जगतमा आरटीएफआई टेक्नोलोजीलाई निकै नै उत्कृष्ट मानिन्छ । यसैगरी बीएस भीआई कम्पलाएन्ट इन्जिनसहितको अपाचे आरटीआरलाई नेपाली मोटरसाइकल प्रेमीले धेरै पहिलादेखि नै प्रतीक्षा गरिरहेको पाइन्छ । यस टेक्नोलोजीयुक्त इन्जिनले माइलेज वृद्धि गर्नुका साथै वातावरणमैत्री हुन्छ ।

त्यति मात्र नभएर यस मोटरसाइकलमा स्मार्ट एक्स कनेक्ट फिचर छ, जसको सहायताले मोटरसाइकलमा ब्लुटुथ कनेक्ट प्रणालीमार्फत रेस टेलिमेट्री, टर्न बाई टर्न नेभिगेसन, मल्टिपल स्पट प्लटिङ, लिन एंगल मोड, साथै कल र एसएमएस अलर्ट जस्ता आधुनिक सेवा जडान गरिएको श्रेष्ठले बताए । यसले बाटोमा यात्रा गर्दा अरु सामान्य मोटरसाइकलभन्दा अतिरिक्त फाइदा दिने उनको भनाइ छ ।

  • No tags available
प्रकाशित मिति : २०७९ असार १४ गते मंगलबार