साम्राज्ञीको बोल्ड अवतार



काठमाडौँ ।

पछिल्लो समय नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह मिडियाबाट गुमनाम छिन्। विभिन्न विवाद र गसिपपछि मिडियासँग कुरै नगर्ने बताएकी साम्राज्ञी सामाजिक सञ्जालमार्फत आफ्ना फ्यानसँग साक्षात्कार गरिरहेकी छिन्।

आफ्नै दुनियाँमा मस्त साम्राज्ञी अहिले प्रेमको उडान भरिरहेकी छन्।​ ​केही समयदेखि एक युवकसँग प्रेममा रहेकी साम्राज्ञी डेटमा रमाइरहेकी छन्।

उनी हिजोआज अधिकांश समय आफ्ना प्रेमीसँग बिताइरहेकी हुन्छिन्। उनले सामाजिक सञ्जालमा आफ्नो बोल्ड तस्बिर पोस्ट गरेकी छन्।

साम्राज्ञीले पोस्ट गरेको उनको तस्बिरमा फ्यानले सकारात्मक प्रतिक्रिया दिएका छन्।

मिडियाबाट टाढा भएकी साम्राज्ञीका फिल्म पनि लामो समयदेखि प्रदर्शन भएका छैन। उनका फ्यानले सामाजिक सञ्जालमार्फत आफ्नी अभिनेत्रीको न्यास्रो मेटिरहेका छन्।

साम्राज्ञी अभिनित ‘तिम्रो मेरो साथ’ र ‘ह्यारी कि प्यारी’ प्रदर्शनको तयारीमा छन्। उनी ‘लन्डन टु पेरिस’को छायांकनमा निस्कने तयारीमा छिन्।

 

  • No tags available
प्रकाशित मिति : २०७९ असार १२ गते आइतबार