काठमाडौं ।
सञ्चारकर्मीबाट राजनीतिकर्मीका रूपमा रूपान्तरण हुने तयारीमा रहेका रवि लामिछानेले मंगलबार बिहान पशुपतिनाथ मन्दिरको दर्शन गर्दै आशीर्वाद लिएका छन्।
मंगलबार दिउँसो नै लामिछानेले काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभामा एउटा कार्यक्रममार्फत आफू सक्रियतापूर्वक राजनीतिमा प्रवेश गरेको घोषणा गर्दैछन्।
कार्यक्रममा सहभागिता जनाउनुअघि उनी आज बिहान पशुपतिनाथ पुगेका हुन्। लामिछानेकी पत्नी निकिता पौडेल लामिछानेले रवि लामिछानेका रुद्राक्षको मालासहितका दुई तस्वीर फेसबुकमा शेयर गरेकी छिन्।
प्रकाशित मिति : २०७९ असार ७ गते मंगलबार









प्रतिक्रिया दिनुहोस्