काठमाडौं ।
गत शुक्रबारदेखि फिल्म ुचिसो मान्छेु प्रदर्शनमा आएको छ । फिल्मले घरेलु बक्स अफिसमा पहिलो दिन ४१ लाख रूपैयाँ कमाउँदै राम्रो ओपनिङ गरेको छ ।
दोस्रो दिन, शनिबार फिल्मले ६२ लाख ७५ हजार रूपैयाँ कमाएको छ । वितरक करण क्रेजीका अनुसार फिल्मले दुई दिनमा झन्डै एक करोड ४ लाख (एक करोड तीन लाख ७५ हजार) रूपैयाँ कमाएको छ ।
फिल्मले दर्शकबाट मिश्रित प्रतिक्रिया पाइरहेको छ । फिल्मको कथा निर्देशक खनालले नै तयार पारेका हुन् । शर्मिला पाण्डेले निर्माण गरेको फिल्ममा स्वस्तिमा खड्का, अर्पण थापा र देशभक्त खनालको मुख्य भूमिका छ।
उनीहरूसँगै फिल्ममा आशान्त शर्मा, प्रभाकर न्यौपाने, रामबाबु रेग्मी, झकेन विसी, सञ्जोग रसाइली, पुष्पा अवस्थी, सृष्टि आचार्य, विकास खनाल लगायत कलाकारको अभिनय छ ।
निर्देशक दीपेन्द्र के खनालको निर्देशन र छायांकन रहेको फिल्मलाई दीर्घ खड्काले सम्पादन गरेका हुन् ।









प्रतिक्रिया दिनुहोस्