बाँकेको राप्ती नदीमा दुई युवकको शव फेला



नेपालगन्ज ।

बाँकेको सिधनियाघाट स्थित राप्ती नदीमा पौडी खेल्ने क्रममा वेपत्ता भएका दुई जनाको शव फेला परेको छ । सिमिकोट गापा–८ घर भइ हाल नेपालगन्ज–१ धम्बोझीमा बस्दै आएका १८ वर्षीय त्रीबल शाही र लेकराज छन्तेल बुधबार पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए ।

उनीहरुको शव बिहीबार बिहान फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । सिधनियाघाट स्थित राप्ती नदीमा मलामी गएका दुबैजना पौडी खेल्ने क्रममा वेपत्ता भएका थिए ।

नदीको छेउमा दुई जोडा कपडा र मोबाइल फेला परेकोले नुहाउने क्रममा नदीमा बेपत्ता हुनसक्ने आशंका गरेर खोजी कार्य थालिएको थियो । सोही क्रममा उनीहरुको शव बिहीबार बिहान राप्ती नदीमा शव फेला परेको प्रहरीले जनाएको छ ।

यसबारे थप अनुसन्धान भइरहेको बाँके प्रहरीले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७९ जेठ २६ गते बिहीबार