बाँके ।
कोहलपुर वितरण केन्द्र अन्तरर्गतका विभिन्न क्षेत्रमा केही समय विद्युत अवरुद्ध हुने भएको छ । फिडर परिवर्तनसँग सम्बन्धित काम गर्नुपर्ने भएकोले केही समय विभिन्न क्षेत्रमा विद्युत अवरुद्ध हुने भएको हो ।
सप्लाई बन्द हुने फिडरमा राँझा ११ केभी र औद्योगिक ११ के.भी. रहेको कोहलपुर वितरण केन्द्रले एक सूचना जारी गरेर जानकारी दिएको छ ।
कोहलपुरका विभिन्न क्षेत्रमा केही दिनयता विद्युत संरचनामा स्तरउन्नती गर्ने काम चलिरहेकोले केही समय विद्यत जाने भएकोले वितरण केन्द्रले सेवाग्राहीसँग क्षमाप्रार्थी रहेको बताएको छ ।
प्रकाशित मिति : २०७९ जेठ २० गते शुक्रबार









प्रतिक्रिया दिनुहोस्