काठमाण्डाै ।
पालिका चुनाव २०७४ मा सबैभन्दा ठूलो दल बनेको नेकपा एमालेको रेकर्ड यसपाली कांग्रेसले तोडेको छ ।
२०७४ सालको चुनावमा एमालेले दुई सय ९४ वटा पालिकाको प्रमुख तथा अध्यक्ष जितेकोमा यस पटकको पालिका चुनावमा ६ सय ६१ वटा पालिकाको नतिजा सार्वजनिक हुँदा नै कांग्रेसले दुई सय ९६ वटा पालिका जितिसकेको छ ।
कांग्रेसले २०७४ सालको चुनावमा दुई सय ६६ वटा पालिकाको प्रमुख तथा अध्यक्ष पद जितेको थियो । यस्तै माओवादी केन्द्रले पनि २०७४ सालको पालिका चुनाव भन्दा यो वर्ष आफूलाई सुधारेको छ ।
२०७४ सालको चुनावमा एक सय ६ वटा पालिकाको प्रमुख तथा अध्यक्ष पद जितेको माओवादी केन्द्रले अहिलेसम्ममा एक सय १३ वटा पालिकाको प्रमुख तथा अध्यक्ष पद जितिसकेको छ । एमाले अहिलेसम्म एक सय ८३ वटा पालिकाको मेयर तथा अध्यक्ष पद जितेको छ ।
प्रकाशित मिति : २०७९ जेठ ६ गते शुक्रबार
प्रतिक्रिया दिनुहोस्