मेयरमा पराजित नर्सले भनिन्- केही मन जित्न बाँकी रहेछ



काठमाडौं ।

काठमाडौंको टोखा नगरपालिकाको प्रमुखमा स्वास्थ्यका मुद्दा बोकेर चुनाव लडेकी नर्स रजनी थापा थोरै मतान्तरले पराजित भएकी छिन्। नेपाली कांग्रेसकी उम्मेदवार नर्स थापा एमालेका प्रकाश अधिकारीसँग १७४ मतान्तरले पराजित भएकी हुन्।

एमालेका मेयर उम्मेदवार अधिकारी १० हजार ३ सय ४० मत ल्याएर निर्वाचित भएका छन्। थापाको १० हजार १ सय ७७ मत आएको छ।

मेयरमा पराजित थापा नर्स हुन्। मेयरमा पराजित भएपछि नर्स थापाले आफूले अझै केही मन जित्न बाँकी रहेको बताएकी छन्।

‘यसपाली पनि केही मन जित्न बाँँकी रहेको अनुभव प्राप्त भयो। यस चुनावी माहोल र चुनावपुर्व मलाई साथ सहयोग गर्नुहुने सम्पुर्ण टोखा नगरवासी, मेरो परिवार इस्टमित्र लगायत सम्पुर्ण नेपाली कांगै्रस परिवारलाई पनि हार्दिक आभार प्रकट गर्दछु।’ उनले सामाजिक सञ्जालमा लेखेकी छन्।

  • No tags available
प्रकाशित मिति : २०७९ जेठ ४ गते बुधबार