नरैनापुरको अध्यक्षमा जसपा र उपाध्यक्षमा कांग्रेसको अग्रता कायमै



नेपालगञ्ज ।

बाँकेको नरैनापुर गाउँपालिकाको अध्यक्षमा जसपा र उपाध्यक्षमा कांग्रेसले अग्रता लिएका छन् ।

वडा नम्बर ६ को जारी मतगणनामा अध्यक्षमा जसपाका इस्तियाक अहमद शाहले ९४७ मत पाउँदा नेपाली कांग्रेसका रामचन्द्र मौर्यले ७६६ मत ल्याएका छन् । एमालेकी पदमावती यादवनीले ४८३ मत ल्याएकी छिन् ।

उपाध्यक्षमा अग्रता लिइरहेकी नेपाली कांग्रेसकी अतिकुन निशाले ६७२, जसपाकी जयन्तिदेवी श्रीवास्तबले ६३५ र एमालेका पञ्चराम यादवले ५३१ मत ल्याएका छन् ।

वडा अध्यक्षसहित वडा सदस्यहरुमा भने कांग्रेसका उम्मेदवारहरुको अग्रता छ । वडा नम्बर ६ को हालसम्म २७१५ मत गणना भएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७९ जेठ ३ गते मंगलबार