राप्तीसोनारी ८ मा एमालेको प्यानलै विजयी



नेपालगञ्ज ।

बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ८ को वडा अध्यक्षमा नेकपा एमालेका शालिकराम डाँगी निर्वाचित भएका छन् । उनी १३७१ मतका साथ निर्वाचित भएका हुन् ।

उनका निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका नरेन्द्र विक्रम वलीले १०८६ मत पाएका छन् । यहाँ एमालेले प्यानल नै जितेको छ । यो वडा यसअघि कांग्रेसले जितेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७९ जेठ २ गते सोमबार