मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, बैशाख ३१, २०७९
पर्वत : पर्वतको महाशिला वडा नम्बर १ मा नेकपा एमालेले जितेको छ । विहानैदेखि जारी मतगणना अनुसार वडा नम्बर १ मा एमालेले जितेको हो ।
वडा अध्यक्ष देखि सम्पूर्ण वडा सदस्यहरुले विजयी प्राप्त गरेका हुन् । वडा अध्यक्ष नेकपा एमालेले नेपाली कांग्रेसका उम्मेदवारलाई पछि पार्दै जीत हासिल गरेको हो । विजयी नेकपा एमालेका उम्मेदवारले ४९९ मत प्राप्त गरेका छन् । यस्तै दलित महिला सदस्य देखि खुल्ला सदस्यसम्म एमालेकै उम्मेदवारले जीत हासिल गरेका छन् ।
महिला वडा सदस्यमा नेकपा एमालेकी बबि थापा ५१० मत प्राप्त गरेर विजयी भइन् । नेपाली कांग्रेसकी हेमा रानाले ३७४ मत प्राप्त गरिन् । यस्तै पालिका अध्यक्षमा नेकपा एमालेले आग्रता कायम गरिरहेको छ ।