16 May 2024  |   शुक्रबार, जेष्ठ ४, २०८१

गुलरिया– १ मा नेपाली काँग्रेसको प्यानलै विजयी

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, बैशाख ३१, २०७९  

बर्दिया । 

बर्दियामा नेपाली काँग्रेसले खाता खोल्दै बिजयी सुरुवात गरेको छ । बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर–१ मा नेपाली काँग्रेसको प्यानलै बिजय भएको छ ।

गुलरिया नगरपालिका वडा नम्बर– १ मा नेपाली काँग्रेसका जोगीराम थारुको प्यानल बिजयी भएको हो । यो जितसगै गुलरिया नगरपालिकामा प्रमुख र उपप्रमुखको पदमा नेपाली काँग्रेसले अग्रता कायमै राखेको छ ।

यस्तै बढैयाताल गाँउपालिकामा नेकपा एमाललेले अग्रता लिइरहेको छ । राजापुर, ठाकुरबाबा, बाँसगढि र मधुवन नगरपालिकामा माओवादीले अग्रता लिइरहेको छ ।

भने गेरुवा गाँउपालिकामा नेपाली काँग्रेसको अग्रता रहेको छ । बारबर्दिया नगरपालिकामा नेपाली काँग्रेस र नेकपा एमालेको बराबर मत आउँदा माओवादीको सोँचे भन्दा कम मत आएको छ । गुलरिया नगरपालिका वडा नम्बर १ बाहेक अन्य वडाको नजिता आएको छैन । मतगणना जारी रहेको छ ।

प्रकाशित मितिः शनिबार, बैशाख ३१, २०७९     12:26:42 PM  |