18 April 2024  |   बिहिबार, बैशाख ६, २०८१

कोहलपुरमा अझै मतगणना सुरु हुन सकेन

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, बैशाख ३१, २०७९  

कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका शुक्रबार नै मतदान सकिएपछि अहिलेसम्म मतगणना सुरु हुन नसकेको छैन । जिल्लाका अन्य पालिकामा अहिले मतगणना जारी रहेको भएपनि कोहलपुरमा भने अझै सुरु हुन नसकेको हो ।

जिल्लाको एक मात्र नगरको रुपमा रहेको कोहलपुरमा नगर कार्यपालिकाको कार्यालयमा मतगणना गर्ने तयारी छ । मतगणनाका लागि विहान साढे ९ बजे सर्वदलीय बैठक बसेको थियो ।

बैठकले साढे १० बजेबाट मतगणना सुरु गर्ने निर्णय गरेपनि मतगणनामा विलम्भ भएको हो । यसले कोहलपुरमा अन्य पालिकाको भन्दा नतिजा ढिलो हुने देखिएको छ ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार सम्पूर्ण दलहरु मतगणनाका विषयमा एकमत भइसकेका छन् । दलका प्रतिनिधि आउन ढिलाइ भएका कारण मतगणना ढिलो भएको हुन सक्ने अनुमान गरिएको छ ।

मतगणना कोहलपुर वडा नम्बर १ र १५ बाट सुरु गर्ने सहमति गरिएको छ । अहिले कोहलपुर नगरपालिकाको कार्यालय बाहिर विभिन्न पार्टीका कार्यकर्ताहरुको भीड नै लागेको छ ।

प्रकाशित मितिः शनिबार, बैशाख ३१, २०७९     11:33:51 AM  |