मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, बैशाख ३०, २०७९
बाँके ।
स्थानीय तह निर्वाचनमा मतदान गर्न मतदाताहरु बिहानैदेखि लाइनमा बसेका छन् ।
मतदान बिहान ७ बजेदेखि सुरु हुने भए पनि मतदाताहरु त्योभन्दा अगाडिदेखि नै लाइनमा बसिरहेका छन् । कोहलपुरका विभिन्न मतदान केन्द्रहरुमा मतदान सुरुभन्दा अगाडिदेखि नै लाइनमा बसिरहेको देखिएको छ ।
आज बिहानको समयमा मौसम सफा देखिएकाले यही मौकामा छिटै मतदान सक्ने र नियमित काममा फर्किनका लागि छिट्टै आएर लाइनमा बसेको मतदाताहरुले बताएका छन् ।
बिहान मौसम शीतल भएका कारण युवादेखि अशक्त र ज्येष्ठ नागरिकहरु मतदानको लाइनमा बसिसकेका छन् । दलका प्रतिनिधि र स्वयंसेवक पनि मतदातालाई सहयोगका लागि खटिएका छन् ।