बाँकेका अधिकांश मतगणनास्थलमा फलामे तारजाली



बाँके ।

जिल्लामा रहेका अधिकांश मतगणनास्थलमा सुरक्षाका लागि फलामको तारजाली लगाइएको छ । आज सम्पन्न हुने स्थानीय तह निर्वाचको मतगणना गर्ने ठाउँमा मतको सुरक्षाका लागि फलामे तारजाली लगाइएको हो ।

राप्तीसोनारी, बैजनाथ गाउँपालिकालगायतका मतदानस्थलमा फलामको तारजाली लगाइएको छ । राप्तीसोनारी गाउँपालिकाका निर्वाचन अधिकृत टोपेन्द्रबहादुर केसीले मत गन्ने स्थानमा तारजालीसमेत लगाइएको जानकारी दिए ।

‘मतगणनास्थलमा तारजाली लगाएका छौं,’ उनले भने, ‘मतगणना गर्ने ठाउँमा यसले मतपत्रको सुरक्षा गर्न सघाउ पु¥याउँछ ।’ उम्मेदवारका प्रतिनिधिले मतगणना गरेको हेर्न मिल्ने गरी फलामको बारमा जाली हालिएको उनले बताए ।

निर्वाचन अधिकृत केसीले दिएको जानकारीअनुसार गणनास्थलमा चौबिसै घण्टा विद्युत् र इन्टरनेटको सुविधा उपलब्ध हुनेछ ।

मतगणनास्थलको सुरक्षाका लागि तीन तहको सुरक्षा व्यवस्था गरिएको र पर्याप्त सुरक्षाकर्मी परिचालन गरिने बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०७९ वैशाख ३० गते शुक्रबार