4 February 2023  |   शनिबार, माघ २१, २०७९

रामदास थारुले बुनेको योजना ‘राप्तीसोनारीमा अर्गानिक खेती’

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, बैशाख २४, २०७९  

बाँके ।

राप्तीसोनारीलाई कृषिक्षेत्रको पकेट क्षेत्र बनाएर त्यहाँ अर्गानिक खेती गर्ने योजना बनाएका छन् । पालिकामा नेकपा एमालेको तर्फबाट अध्यक्ष पदका उम्मेदवार रामदास थारु र उपाध्यक्ष उम्मेदवार चमेली बाकबलले ।

कृषिक्षेत्रमा उत्कृष्ट पालिका बनाउने कार्ययोजना सहित यतिबेला यी उम्मेदवारहरुले घरदैलो गरिरहेका छन् ।

चुनावी अभियान अन्तरगत राप्तिसोनारी गाउँपालिकाको ९ वटै वडामा एक चरणको परिचयात्मक कार्यक्रम सम्पन्न गरेसङ्गै दोस्रो चरणको कार्यक्रम घरदैलोसङ्गै मतदाता शिक्षा पनि सिकाइएको नेकपा एमालेका जिल्ला सचिवालय सदस्यले बलराम भट्टराईले जानकारी गराएका छन् ।

उनले वडा नम्बर ५ र ६ र ७मा भएको उत्साहजनक घरदैलोले रामदास थारु लगायत सम्पुर्ण एमालेका उम्मेदवारको जित सुनिश्चित भएको बताए । घरदैलो अभियानपछिको कोणसभालाई सम्बोधन गर्दै थारुले शिक्षा, स्वास्थ कृषि, रोजगारी, खेलकुद, खानेपानी तथा सरसफाई, संस्कृति तथा पर्यटन, भूमि तथा आवास, भौतिक पूर्वाधार, भ्रष्टाचार नियन्त्रण तथा सुशासन र अपांंगताको सवाललाई नेकपा एमालेले अगाडि बढाएको बताएका छन् ।

शिक्षाको क्षेत्रमा गाउँपालिकाको साझेदारीमा विभिन्न प्राविधिक कार्यक्रमहरु रहेको प्राविधिक शिक्षालय संचालन गरिने उनले बताए । आफु निर्वाचित भए एक वडा एक नमुना विद्यालयको अवधारणा अघि बढाइने बताए । यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष पदकी उम्मेदवार वाकाबलले आफु अनि आफ्नो पाटिले मतदाताको भरोसा जितेको बताइन ।

उनले गाउँपालिका भित्र रहेका कृषिमा आश्रीत वडाहरुलाई कृषि पकेट क्षेत्रको रुपमा वर्गिकरण गर्दै ती वडामा सिंचाइँको व्यवस्था गरिने बताइन । यस्तै भारतीय तरकारीको आयात रोकेर किसानहरुलाई अर्गानिक तरकारी उत्पादनमा प्रोत्साहन गरिने र महिला तथा बालबालिकाहरुको सवालमा महिला हिंसा न्यूनिकरणका लागि विशेष कार्यक्रम संचालन गरिने अनाथ बालबालिकाहरुको संरक्षणका लागि गाउँपालिकामा बालगृह संचालन गरिने बताइन् ।

प्रकाशित मितिः शनिबार, बैशाख २४, २०७९     11:19:23 AM  |