नेपालगन्जमा लागू औषधसम्बन्धी अन्तरक्रिया



नेपालगन्ज ।

लागूऔषध प्रयोग रोकथाम तथा न्यूनीकरणसम्बन्धी छलफल तथा अन्तरक्रिया गरिएको छ ।

लागूऔषधविरुद्ध निःशुल्क परामर्श केन्द्र नेपालगन्जको आयोजना र सामुदायिक प्रहरी सेवा केन्द्र नेपालगन्जको सहकार्यमा सम्पन्न कार्यक्रममा कैलपाल कलेजका ल्याब टेक्निसियन अध्ययनरत विद्यार्थीहरुबीच अन्तक्रिया गरिएको हो ।

लागूऔषधविरुद्ध निःशुल्क परामर्श केन्द्र नेपालगन्जका अध्यक्ष दिपेन्द्रकुमार जोशीको अध्यक्षतामा भएको कार्यक्रममा लागूऔषध नियन्त्रण ब्यूरो नेपालगन्जका प्रहरी निरीक्षक प्रकाशकुमार केसीले लागूऔषध प्रयोग रोकथामका विषयमा अभिमुखिकरण गराएका थिए ।

कार्यक्रममा सहभागी विद्यार्थीहरुले लागूऔषधका विषयमा जिज्ञाशाहरु राखेका थिए भने ती जिज्ञाशाहरुको जवाफ प्रहरी निरीक्षक केसी र लागूऔषधविरुद्ध निःशुल्क परामर्श केन्द्रका अध्यक्ष जोशीले दिएका थिए ।

कार्यक्रमपश्चात् सहभागी विद्याथीहरुले आफू पनि लागूऔषध सेवन नगर्ने र गर्ने साथीहरुलाई पनि कूलतबाट जोगाउन मद्दत गर्ने प्रतिबद्धता जनाएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७९ वैशाख १८ गते आइतबार