मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, बैशाख १६, २०७९
सामान्य विवादमा कुटपिट गर्दा बर्दिया बढैयातालका ४७ वर्षीय पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा बढैयाताल गाउँपालिका वडा नम्बर ८ स्याउलीबजारका ४७ वर्षिय बल बहादुर कँडेल हुनुहुन्छ ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार मृतक कँडेललाई नजिकै घर अगाडि बस्ने ४० वर्षीय मिन बहादुर घर्तिले सामान्य विवाद हुँदा कुटपिट गर्दा (धकेल्दा) घरको आँगनमा रहेको ढुङ्गामा टाउको ठोकिन गएको थियो ।
टाउकोमा चोट लागेका कँडेललाई उपचारको लागि बर्दिया अस्पतालमा लगिएको र थप उपचारको लागि नेपालगन्ज नर्सिङहोम लगिएको थियो ।
उपचारको क्रममा कँडेलको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाका अनुसार कुटपिट गर्ने मिन बहादुर घर्तिलाई नियन्त्रणमा लिएर घटनाको आवश्यक अनुसन्धान बर्दिया प्रहरीले अगाडि बढाएको छ ।