कोहलपुर : खजुरा गाउँपालिकामा नेकपा एमालेका अध्यक्षका उम्मेदवार सुमन मल्ल र उपाध्यक्षका उम्मेदवार ताजरुन निशा सहित वडा अध्यक्ष, सदस्यका उम्मेदवारहरुले मनोनयन दर्ता गरेका छन् । उनीहरुले निर्वाचन कार्यालयमा गएर आफ्नो पार्टीको तर्फबाट उम्मेदवारी दर्ता गराएका हुन् । अध्यक्षमा मनोनयन दर्ता गरेका मल्ला गत निर्वाचनमा नेकपा एमालेको तर्फबाट वडा नम्बर १ को अध्यक्ष जितेका थिए ।

यस्तै एमालेका अनुसार नेपालगञ्जमा प्रमुख पशुपतिदयाल मिश्रा र उपप्रमुख शान्ति ढकाल, कोहलपुरमा प्रमुख खिलप्रसाद भुसाल र उपप्रमुखमा अस्मिता चौधरी, बैजनाथ गाउँपालिकामा अध्यक्ष घननाथ खनाल र उपाध्यक्ष प्रेमपूर्ण योगीले मनोनयन दर्ता गरेका छन् । यस्तै जानकीमा अध्यक्ष हिमांशु यादव र उपाध्यक्ष भूमिसरा धिताल, राप्तीसोनारीमा अध्यक्ष रामदाष थारु र उपाध्यक्ष चमेली बाकवल, डुडुवामा अध्यक्ष सरोजकुमारी यादव र उपाध्यक्ष शकील अहमद खाँ तथा नरैनापुरमा अध्यक्ष पदमावती यादव र उपाध्यक्ष रामकुमार दिक्षित एमालेका उम्मेदवार रहेका छन् ।









प्रतिक्रिया दिनुहोस्