कांग्रेसले बाँकेका ८ वटै स्थानीय तहमा उम्मेदवार टुंग्यायो (सूचीसहित)



नेपालगन्ज ।

नेपाली कांग्रेसले बाँकेका ८ वटै स्थानीय तहमा आफ्नो उम्मेदवारको नाम टुंगो लगाएको छ। कांग्रेसले नेपालगन्ज उपमहानगरपालिकामा प्रशान्त विष्टलाई मेयरको उम्मेदवार बनाएको छ।

यसैगरी कोहलपुर नगरपालिकामा पूर्णप्रसाद आचार्यलाई मेयर र संगिता सुवेदीलाई उपमेयरको उम्मेदवार बनाइएको छ। यस्तै राप्ती सोनारी गाउँपालिका अध्यक्षमा तप्तबहादुर पौडेल र उपाध्यक्षमा संगिताकुमारी थारु, डुडुवा गाउँपालिका अध्यक्षमा नरेन्द्रकुमार चौधरी र उपाध्यक्षमा साहिदा बानो खाँ, नरैनापुर गाउँपालिका अध्यक्षमा रामचन्द्र मौर्य र उपाध्यक्षमा अतिकुन निशा उम्मेदवार भएका छन्।

बैजनाथ गाउँपालिका अध्यक्षमा प्रकाशबहादुर शाही र उपाध्यक्षमा निर्मला रोकाया, जानकी गाउँपालिका अध्यक्षमा छब्बन खाँ र उपाध्यक्षमा रामप्यारी यादव तथा खजुरा गाउँपालिका उपाध्यक्षमा मञ्जु मल्ललाई कांगे्रसले उम्मेदवार बनाएको हो।

कांग्रेसले नेपालगन्ज उपमहानगरपालिका र खजुरा गाउँपालिकामा गठबन्धन गरेको छ। नेपालगन्जमा गठबन्धनबाट उपमेयरमा जनता समाजवादी पार्टीका तर्फबाट कमरुद्धिन राई उम्मेदवार भएका छन्। यस्तै खजुरा गाउँपालिकामा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका डम्बर बिक अध्यक्षको उम्मेदवार बनेका छन्।

  • No tags available
प्रकाशित मिति : २०७९ वैशाख १२ गते सोमबार