सञ्जीवसँग विवाह गर्दै चर्चित गायिका मेलिना



काठमाडौं ।

चर्चित गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने भएकी छन् ।

उनले एरेञ्जर तथा गिटारिस्ट सञ्जीव बराइलीसँग विवाह गर्न लागेकी हुन् । जसको जानकारी सामाजिक संजाल मार्फत उनले दिएकी छन् ।

बराइलीसँगको एक तस्बिर सार्वजनिक गर्दै उनले इन्गेज्मेन्ट भएको समेत जनाएकी छन् ।

मेलिनाको सञ्जीवसँग केही वर्षअघि नै इन्गेज्मेन्ट गरेको बताइन्छ । इन्गेज्मेन्ट गरेको तस्बिर सार्वजनिक गर्दै उनले छिट्टै विवाह गर्न लागेको जनाएकी छन् । बराइली गिटारिस्ट तथा एरेन्जर हुन् ।

  • No tags available
प्रकाशित मिति : २०७९ वैशाख ३ गते शनिबार