नेपाल राष्ट्रिय व्यवसायी संघ कोहलपुरको अध्यक्षमा ज्ञानेन्द्र



कोहलपुर ।

नेपाल राष्ट्रिय व्यवसायी संघ कोहलपुरको अध्यक्षमा ज्ञानेन्द्र खनाल चयन भएका छन् । आइतबार कोहलपुरमा भएको भेलाले खनालको नेतृत्वमा २५ सदस्सीय नगर कार्यसमिति गठन गरेको हो ।

जसको उपाध्यक्षमा अन्जना धिताल, नविन खड्का, सचिवमा सुधन ढकाल, सहसचिवमा अम्बिका आचार्य, बेदराज घिमिरे, दिपक ढुंगाना, कोषाध्यक्षमा ओमप्रकाश चापाँगाई र सह कोषाध्यक्षमा पुष्पराज सापकोटा रहेका छन् ।

त्यसैगरी सदस्यहरुमा भेषराज पाण्डे, राजिब शर्मा, चक्र बहादुर के.सी, गुन्जमान डाँगी, रामकुमार श्रेष्ठ, ताराकुमारी वि.क, अनु आले, कलम बहादुर खत्री, चेतन कुमार मल्ल, हस्तबहादुर शाही, गोविन्दप्रसाद शर्मा, शान्ती शाही, दिपक चौधरी, एकबहादुर खड्का, सरस्वती शर्मा र इन्द्र ढकाल चयन भएको अध्यक्ष खनालले मिसन टुडेलाई जानकारी दिए ।

भेलामा बोल्दै नेपाल राष्ट्रिय व्यवसायी महासंघका केन्द्रिय उपाध्यक्ष डेकनाथ गौतमले स्थानीय चुनाव नजिकिदैं गर्दा संगठनहरु निर्माणमा जोड दिइएको बताए ।

  • No tags available
प्रकाशित मिति : २०७८ चैत ६ गते आइतबार