11 May 2024  |   शनिबार, बैशाख २९, २०८१

भेरी नदीमा नुहाउन गएका तीन बालबालिका अझै बेपत्ता

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, फाल्गुन २९, २०७८  

सुर्खेत ।

सुर्खेतस्थित भेरी नदीमा नुहाउने क्रममा तीन बालबालिका बेपत्ता भएका छन् । भेरिगङ्गा नगरपालिका–११ रामघाटस्थित भेरी नदीमा नुहाउने क्रममा शनिबार साँझबाट तीन बालबालिका बेपत्ता भएका हुन् ।

बेपत्ता हुनेमा भेरीगङ्गा नगरपालिका–११ का १० वर्षीया गङ्गा खड्का र सोही उमेरका दिनेश बुढा तथा ८ वर्षीया कृष्णा सिजाली रहेका जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक पदम बहादुर विष्टले जानकारी दिए ।

‘६ जनाको समूहमा नहुन गएका रहेछन् । नुहाउने क्रममा ३ जना बेपत्ता भएको खबर हामीलाई आएको छ । बाँकी फर्किएका छन्,’ प्रहरी उपरीक्षक विष्टले भने, ‘हराइरहेकाहरूको खोजी कार्य भइरहेको छ । हिजो राति ११ बजेसम्म खोजी गरेको हाम्रो टोलीलले आज विहानैबाट खोजी गरिरहेको छ ।’

लेकबेसी इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक चक्रबहादुर देउवा र रामघाट चौकीका प्रहरी सहायक निरीक्षकको नेतृत्त्वमा हराइरहेका बालबालिकाको खोजी कार्य भइरहेको विष्टले जानकारी दिए । १३ जनाको प्रहरी टोली खोजी कार्यमा खटिएको छ ।

प्रकाशित मितिः आइतवार, फाल्गुन २९, २०७८     10:16:43 AM  |