बाँकेमा प्रहरीले चुनावी सुरक्षाको तयारी तिव्र पारेको छ । यस वर्ष बाँकेमा निर्वाचनको सुरक्षाका लागि करिब एक हजार जति म्यादी प्रहरी आवश्यक पर्ने आँकलन गरिएको छ ।
यहाँको मतदानस्थलको मूल्यांकन गरेर प्रहरी प्रधान कार्यालयले कोठा निर्धारण गर्ने जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा एसपी श्यामकृष्ण अधिकारीले जनाए । ‘हामीले चुनावी सुरक्षाका लागि तयारी छौं,’ उनले भने, ‘अब म्यादी प्रहरी भर्ना गर्न मात्र बाँकी छ ।’
यसका लागि केन्द्रले सम्वेदनशील, अति सम्वेदनशील अवस्था हेरेर जिल्लामा कोठा निर्धारण गर्ने उनी बताउँछन् । अहिलेको अवस्थामा एक हजार म्यादी प्रहरी आवश्यक पर्ने आँकलन गरिएको उनको भनाइ छ ।
प्रकाशित मिति : २०७८ फागुन ६ गते शुक्रबार
प्रतिक्रिया दिनुहोस्