कोहलपुर (बाँके) ।
बाँकेको कोहलपुरस्थित गोलपार्कमा अत्याधुनिक सीस ‘सोप इन्साइड सोप’ अर्थात पसल भित्र पसल शोरुम सञ्चालनमा आएको छ । ‘पसलभित्र पसल’ अवधारणामा आधारित शोरुम सञ्चालन गर्दै आएको बेन्कार्डो बाथवेयर सेन्टरले कोहलपुरमा पनि शोरुम सञ्चालनमा आएको हो ।शुक्रबार एक कार्यक्रमकाबीच शोरुमको कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रदीप भट्टराई र बेन्कार्डो कम्पनीका नेशनल सेल्स म्यानेजर बालकृष्ण रेग्मीले संयुक्त रूपमा उद्घाटन गरेका थिए ।
सो अवसरमा बोल्दै संघका अध्यक्ष भट्टराईले कम्पनी र स्थानीय साझेदार राधाकृष्ण ट्रेडर्सबीचको सहकार्यले एउटै छानामुनि सम्पूर्ण सामग्रीलाई उत्कृष्ट ढंगले सजाएर प्रदर्शन गरिएको उल्लेख गरे । उनका अनुसार यसले उपभोक्ताहरूलाई विभिन्न स्थान धाउनुपर्ने झन्झटबाट मुक्ति दिएको छ । सेवाग्राहीहरूलाई सहज हुनुका साथै समय बचतसमेत भएको अध्यक्ष भट्टराईको भनाइ थियो ।
साथै आधुनिक अवधारणामा निर्माण गरिएको शोरुमले स्थानीय बजारमा सकारात्मक प्रतिष्पर्धा र गुणस्तरीय सेवा प्रवाहमा योगदान पु¥याउने बताए । यसैगरी, बेन्कार्डो कम्पनीका नेशनल सेल्स म्यानेजर रेग्मीले बेन्कार्डो ब्रान्डको ११ वर्षे यात्रा गुणस्तरप्रति प्रतिबद्धता, ग्राहक केन्द्रीत सेवा दर्शन तथा आगामी विस्तार योजनाबारे जानकारी गराएका थिए ।
उनका अनुसार ‘पसल भित्र पसल’ शोरुम अवधारणाले ब्रान्ड अनुभवलाई शसक्त बनाउँदै ग्राहकलाई प्रत्यक्ष अवलोकन, छनोट र परामर्शको सुविधा प्रदान गर्नेछ । गोलपार्कमा सञ्चालनमा आएको उक्त अत्याधुनिक शोरुममा बेन्कार्डोका विभिन्न मोडेलका उच्च गुणस्तरीय बाथवेयर उत्पादनहरू आधुनिक र आकर्षक ढंगले प्रदर्शन गरिरहेको उनको भनाइ थियो ।
ग्राहकले सामग्रीलाई प्रत्यक्ष रूपमा ‘टच एण्ड फिल’ गर्न सक्ने व्यवस्था गरिएको छ भने बाथवेयरसँगै किचनवेयरका नयाँ नयाँ उत्पादनहरूसमेत प्रदर्शनीका लागि राखिएको छ । बेन्कार्डोले यस शोरुममार्फत पश्चिम नेपालका ग्राहकहरूलाई गुणस्तरीय उत्पादन, आधुनिक डिजाइन र विश्वसनीय सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
कम्पनीले आगामी दिनमा देशका विभिन्न सहरहरूमा नयाँ खालका आधुनिक शोरुम विस्तारको योजना बनाएको रेग्मीले अवगत गराएका छन्। बेन्कार्डोले नेपालमा विगत ११ वर्षदेखि गुरुढमीय बाथवेयर उत्पादनमार्फत शसक्त पहिचान स्थापित गर्दै नेपालका विभिन्न स्थनमा आफ्नो ब्राण्ड विस्तार गरिरहेको छ ।
कोहलपुरमा पनि बजारीकरण रणनीति अनुसार ग्राहकहरूको आवश्यकतालाई मध्यनजगर गर्दै शोरुम सञ्चालनमा ल्याइएको हो । कोहलपुर शोरुम कोहलपुरका युवा व्यवसायी कृष्णप्रसाद गौलीले राधाकृष्ण टे«डर्ससँगको सहकार्यमा नयाँ खालको व्यवसाय सञ्चालनमा ल्याएका हुन् ।








प्रतिक्रिया दिनुहोस्