कार्यालयको बार्दलीबाट खसेर सहकारीका वरिष्ठ सहायकको मृत्यु



सुर्खेत ।

कालिकोटमा एक कार्यालयका कर्मचारीको कार्यालयकै बार्दलीबाट खसेर मृत्यु भएको छ ।

हिमचुलि कृषि सहकारी संस्थाको कार्यालय रहेको बार्दलीबाट खसेर शुक्रबार वरिष्ठ सहायक पदमा कार्यरत सिंहबहादुर शाही ज्यान गएको हो ।

कालिकोट प्रहरीकाअनुसार महावै गाउँपालिका– ६ गणेशकोट घर भएका ३५ वर्षीय शाही निर्माणाधिन भवनबाट खसेका थिए । त्यहाँबाट उद्दार गरेर उनीलाई अस्पताल पु¥याएपनि डाक्टरहरुले मृत घोषणा गरेका थिए ।

शाही विगत सात वर्षदेखि सहकारिमा कार्यरत रहेको र उहाँको निधनबाट संस्थालाई अपुरणीयय क्षति पुगेको सस्थाका प्रवन्धक जगेन्द्र आचार्यले बताए ।

  • No tags available
प्रकाशित मिति : २०७८ माघ १४ गते शुक्रबार