19 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

‘दोस्रो कृतिको तयारीमा छुँ’ सागर गैरे

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, पुस २४, २०७८  

म यात्रा भनेपछि सानैदेखि हुरुक्क हुने स्वभावको मान्छे हुँ । रुचि भएर मात्रै सबैकुरा सहज हुँदोरहेनछ । यदि जिन्दगीमा आपूmले सोचेजस्तो मात्रै हुन्थ्यो भने मैले आफ्नो पुरै जिन्दगी यात्रामै बिताइदिने थिएँ । मैले यात्राका जति पनि अवसर पाएँ तिनलाई दिल दिमागले पूरा गरेको छु । यात्रा गर्दा म स सानो कुरामा पनि ध्यान दिइरहेको हुन्छु । म यात्राबाट फर्किएपछि अवश्य पनि केही न केही लेख्छु भन्ने कन्सेप्ट बोकेको हुन्छु । कोहलपुरमा पठन संस्कृति कमजोर रहेको छ ।

यहाँ राम्रा र व्यवस्थित पुस्तकालयको अभाव छ । पुस्तक मात्रै बेच्ने पुस्तक पसलहरूको अभाव छ । स्कुल कलेज जसले साहित्यलाई प्राथमिकतामा राखेर खोज अनुसन्धान या रचना प्रकाशन गर्न सक्थे । त्यो पहल र प्रयास कतैबाट भएको देखिँदैन । स्थानीय निकायले साहित्यिक विकासमा धेरै गर्न सक्थ्यो र सक्छ पनि तर साहित्यलाई कम महत्व दिएको देखिन्छ । भाषा, साहित्य र संस्कृति कुनै पनि ठाउँका चिनारी हुन्, परिचय हुन् । नागरिक समाज, राजनीतिक दलहरूमा पनि त्यो चिन्तन देखिँदैन । सागर गैरेले बिगत तीन दशकदेखि कोहलपुरलाई कर्मथलो बनाउँदै आएका छन् ।

उनी अध्ययनको सिलसिलामा कोहलपुर झरेका थिए । अध्ययन सकेपछि यतै बसे । राजनीतिशास्त्र र समाजशास्त्रमा स्नातकोत्तरको पढाइ पूरा गरेका सागर गैरे व्यापार गर्छन् । स्वयं व्यस्त व्यापारी हुँदाहुँदै पनि उनको रुचि व्यापारभन्दा साहित्य र लेखनमा बढी हो कि झैँ देखिन्छ । दुई वर्षको अन्तरालमा दुई वटा पुस्तक त्यसैका उदाहरण हुन् । कोहलपुरमा स्थापित पूर्णिमा साहित्य प्रतिष्ठानका संस्थापक सदस्य सागर गैरे पूर्णिमा पत्रिका प्रकाशनमा सुरूवातदेखि नै क्रियाशील छन् । एकताका स्थानीय देखि राष्ट्रिय स्तरका पत्रपत्रिकामा उनका लेखहरू नियमित छापिन्थे ।

पछिल्लोपटक उनले कोभिड महामारीको घेरबन्दीमा ‘लकडाउन’ कृति लिएर सार्वजनिक भएका थिए । पहिलोकृति प्रकाशित भएको बर्षदिनपछि उनी दोस्रो पुस्तक ‘बलैगाउँदेखि बाकुसम्म’ लिएर आएका छन् । उनको कृति आज कोहलपुरमा विमोचन हुँदैछ । पुस्तक विमोचनको पूर्वसन्ध्यामा विमोचन हुन गैइरहेको पुस्तक र यस क्षेत्रको साहित्यिक वातावरणको विषयमा लेखक सागर गैरेसँग मिसन टुडे दैनिकका साहित्यिक सम्पादक महानन्द ढकालबाट गरिएको कुराकानीको सम्पादित अंश ।

‘बलैगाउँदेखि बाकुसम्म’ कृतिको चर्चापरिचर्चा देखिन्छ । यो कृति कस्तो विषयवस्तुमा लेखिएको छ ?

‘बलैगाउँदेखि बाकुसम्म’ नियात्रा संग्रह हो । यो कृतिमा जम्माजम्मी १३ वटा नियात्राहरू समेटिएका छन् । जसमा सातवटा छिमेकी मुलुक भारत यात्रासँग सम्बन्धित छन् भने बाँकी ६ वटा क्रमशः इन्डोनेसिया, थाइल्यान्ड, युनाइटेड अरब इमिरेट्स, टर्की, चीन र अजरबैजानसँग सम्बन्धित छन् ।

पुस्तकको शीर्ष यात्रा मेरो घर बर्दियाको सीमासँग जोडिएको भारतीय हाटबजार बलैगाउँको यात्रासँग सम्बन्धित छ । झन्डै साढे तीन दशक अघिको नेपाली ग्रामीण जीवनमा किनमेल संस्कृति समेटिएको छ । बाँकी पश्चिम एसियाको एउटा मुस्लिम मुलुक अजरबैजानको राजधानी हो । कुनै समय यो विश्वकै महाशक्ति सोभियत संघमा जोडिएको एउटा राज्य थियो ।

सोभियत संघ टुक्रिएपछि अजरबैजान नब्बेको दशकमा स्वतन्त्र भएको हो । मैले बाल्यकालमा बुझ्ने भएपछि पहिलोपटक पाइलाटेकेको विदेशी भूमि भारतको बलैगाउँ र पछिल्लो समय टेकेको भूमि बाकुको यात्रालाई समेटेर पुस्तकको शीर्षक ‘बलैगाउँदेखि बाकुसम्म’ राखेको हुँ ।

साहित्य लेखन गजलबाट सुरु भए पनि नियात्रा निबन्ध लेखनमा नै केन्द्रित देखिनुहुन्छ । नियात्रा निबन्ध लेखनमा नै किन आकर्षित हुनु भयो ?
नियात्रा पढ्दा आपूmलाई पुस्तकको पात्र सोचेर पढिरहिँदो रहेछ ।

आपूm कहिल्यै नपुगेको नघुमेको ठाउँमा पनि पुस्तक पढ्दा स्वयं ती दृष्य नियालिरहेको अनुभूति गराउने क्षमता नियात्रा पुस्तकमा हुन्छ । स्कुल पढ्दा ताना शर्माको ‘घनघस्याको उकालो’ पढियो । जब कोहलपुरमा आएँ मैले थुप्रै नियात्रा पुस्तकहरू पढ्न पाएँ । नियात्राले लाभ्याउँदै जान थाल्यो ।

निबन्ध र नियात्रामा खुलेर लेख्न सकिने भएकोले पनि मैले नियात्रा नै रोजेको हुँ । अर्काे कुरा म व्यवसायी हुँ । व्यवसाय सिलसिलामा देशभित्रै र देश बाहिर पनि घुम्ने अवसरहरू प्राप्त भएका छन् । मैले घुमेका हरेक ठाउँहरूका स साना कुरालाई पनि डायरीमा टिप्ने गर्दछु । नियात्रा लेखनको सुबिधा भनौ, यात्राका मोटामोटी विवरणहरू टिपेर राखियो भने फुर्सदको समयमा तिनलाई तन्काउन सकिने भएकोले पनि मलाई सजिलो, राम्रो र उपयुक्त यही विधा लागेको छ ।

यात्राकै बारेमा लेखिएका विषयवस्तुहरूलाई नियात्रा, यात्रा वृतान्त, यात्रा संस्मरण जस्ता अनेक नाम दिइएको हुन्छ । यसरी फरक नाम दिनुपछाडि कुनै कारण छ ? संरचनामा नै फरक छ कि नाममा मात्रै फरक हो ?

साहित्यको क्षेत्रमा विश्वमा नै निकै लोकप्रिय विधा मानिन्छ नियात्रा साहित्यलाई । सृष्टिको सुरूवातदेखि नै घुमन्ते स्वभावको रहिआएको छ मान्छे । मान्छेमा असीमित जिज्ञासा र उत्सुकता छ ।

सिंगो ब्रह्माण्ड र आपूm बसेको पृथ्विमाथिको रहस्यलाई खोतलिरहेको छ मान्छेले । कोलम्बसले अमेरिका पत्ता लगाए । भास्कोडिगामा भारत आए । मार्कोपोलो चीन पुगे । निल आर्मस्ट्रङ्ग चन्द्रमाको धर्ती टेकेर फर्किए । एडमन्ड हिलारी र तेन्जिङ नोर्गेले विश्वको सर्वोच्च शिखर टेके । उनीहरूले पहिलोपटक समुद्र नाघ्ने र हिमाल टेक्ने साहस गरेकैले हामीले पृथ्विका अनेक रहस्यहरू थाहा पाउन सक्यौं ।

अंग्रेजीमा यात्रा साहित्यलाई जर्निज भनेजस्तै नेपाली साहित्यमा यो विधालाई नियात्रा नाम दिइएको छ । सबैभन्दा पहिले नियात्रा शब्दको प्रयोग भाषाविद् बालकृष्ण पोख्रेलले गरेका थिए । नियात्रा विधाका आफ्नै सिमाहरू छन् । नियात्रामा स्रस्टा स्वयं यात्रा गरेकै हुनुपर्छ । कुनै पनि ठाउँ घुमेर त्यहाँको भूगोल, बाटोघाटा,े खानपिन, हावापानी, आकारप्रकार वर्णन गरिएको लेख यात्रा वृतान्त हो । आपूm घुमेर आएको ठाउँको बारेमा डाटा टिपेर त्यसको वर्णन गरिन्छ भने त्यो यात्रा संस्मरण हुन्छ ।

नियात्रामा तुलना हुन्छ, कल्पना, इतिहास, पर्यावरण, सम्वाद सबै हुन्छ । नियात्रा पढ्दा पाठकलाई आपूm स्वयं यात्रामा निक्लिएको अनुभूति हुन्छ । उनीहले पढ्दै गर्दा उनीहरूको मनमस्तिष्कमा यात्राको चित्र बन्छ । उीनहरूलाई पुस्तकले यात्राको लागि घच्घच्याउँछ ।

तपाईंले ‘बलैगाउँदेखि बाकुसम्म’ पुस्तकलाई नियात्रा सङ्ग्रह भनेर उल्लेख गर्नु भएको छ । के–के कारणले यसलाई नियात्रा मान्न सकिन्छ ? यसलाई यात्रा वृतान्त वा यात्रा संस्मरण भन्न सकिँदैनथ्यो ?

म यात्रा भनेपछि सानैदेखि हुरुक्क हुने स्वभावको मान्छे हुँ । रुचि भएर मात्रै सबैकुरा सहज हुँदोरहेनछ । यदि जिन्दगीमा आपूmले सोचेजस्तो मात्रै हुन्थ्यो भने मैले आफ्नो पुरै जिन्दगी यात्रामै बिताइदिने थिएँ । मैले यात्राका जति पनि अवसर पाएँ तिनलाई दिल दिमागले पूरा गरेको छु । यात्रा गर्दा म स सानो कुरामा पनि ध्यान दिइरहेको हुन्छु । म यात्राबाट फर्किएपछि अवश्य पनि केही न केही लेख्छु भन्ने कन्सेप्ट बोकेको
हुन्छु ।

‘बलैगाउँदेखि बाकुसम्म’ पुस्तकमा म आफैँ नायक हुँ । यात्राको डिजाइनर र मुख्य पात्र म आफै हुँ । त्यसैले पनि यसमा मैले आफ्नो कल्पना मिसाएको छु । नियात्रामा किन कहाँ, कहिले, कोसँग, कसरी जस्ता कुराको महत्व हुन्छ ।

प्रकृतिको वर्णन, मानिसहरूसँगको सम्वाद, थोरै इतिहासको वर्णन, यथार्थता, सरलता जरुरी हुन्छ । मलाई लाग्छ यी सबै कुरा पुस्तकमा समेटिएका छन् । नियात्रामा हुनुपर्ने विषयवस्तु तथा गुणहरू भरपुर भएकोले नै यसलाई नियात्रा सङ्ग्रह भनेर उल्लेख गरेको हुँ । ‘बलैगाउँदेखि बाकुसम्म’ अहिलेसम्म मैले गरेको विदेशयात्राको एकमुष्ठ दस्ताबेज पनि हो ।

नेपालमा नियात्रा साहित्यको वर्तमान अवस्था कस्तो छ ? नियात्रा साहित्यको भविष्य कस्तो देख्नुहुन्छ ?

नेपाली साहित्यमा नियात्रा विधा लोकप्रिय विधाको रुपमा रहिआएको छ । ताना शर्माले ‘बेलायततिर बरालिँदा’ लेखेपछि नेपाली नियात्रा साहित्यले गति समातेको देखिन्छ ।

जनकलाल शर्मा युवराज नयाँघरे, दामोदर पुडासैनी, भिष्म उप्रेती, घनश्याम राज कर्णिकार, कृष्ण बजगाइँ, निर्मोही व्याँस, प्रतिक ढकाल जस्ता अनेकन नियात्रा लेखकहरूले यस विधाको उन्नयनमा अमूल्य कृतिह समर्पित गरेका छन् ।
विगतको तुलनामा धेरै मानिसहरू विदेशयात्रामा निक्लने गरेको देखिन्छ ।

हिजोआज यो क्रम झनै बढेको छ । यात्रामा गएका सबैले लेख्दैनन् । यद्यपि केही प्रतिशतले आपूmले गरेको यात्रालाई शब्दमा उतारीर्दिंदा मात्रै पनि त्यो अनुभूतिलाई हजारौं लाखांै मानिसलाई ग्रहण गर्न सकिँदोरहेछ । नियात्रा विधाको महत्व आउँदा दिनमा अझै चुलिँदै जाने कुरामा कुनै शंका छैन ।

तपाईं आफ्नो दोस्रो कृतिबाट कत्तिको सन्तुष्ट हुनुहुन्छ ?

२०१९ सकिनै लाग्दा चीनको बुहानमा एकदमै संक्रामक रोग देखा प¥यो । जसलाई विश्वले कोभिड महामारीको रुपमा आउने शताब्दीऔँसम्म बिर्सिईने छैन । कोभिड रोकथाम गर्ने विश्व अभियानलाई साथ दिँदै नेपालले पनि २०७६ चैत्रबाट लकडाउन ग¥यो । लकडाउनमा घरभित्र बस्नुपर्ने बाध्यात्मक नियम लागु भयो । त्यस अवधिमा म पनि घर भित्रै बसेँ । सुरुका ५÷७ दिन त सहज भए ।

त्यसपछि घरभित्र धुम्धुम्ीत बसिरहन मन मानेन । अनि मनमा आएका सम्झिएसम्मका कुरा लेख्दै गएँ । तिनै लेखहरूको सङग्रहका रुपमा लकडाउन कृति प्रकाशनमा आयो ।

२०२१ मा देश फेरि लकडाउनमा गयो । यो बन्दाबन्दीमा भने मैले नियात्राको पोको फुकाएँ, जुन मन मस्तिष्कमा गुजुल्टिएर बसेको थियो । त्यही बिन्दुबाट यो कृति बलैगाउँदेखि बाकुसम्म जन्मिएको हो । दोस्रो कृतिमा मैले आपूmले देखेका अनुभूति गरेका र भोगेका धेरै कुरा समेटेको छु । मैले मेरो तर्फबाट धेरै राम्रो गर्ने प्रयास गरेको छु । जहाँसम्म पुस्तक राम्रो बनेको छ भन्ने मेरो विश्वास छ ।

पुस्तकको चर्चापरिचर्चा पनि द्रुतगतिमा भैइरहेको नै छ । अर्कोकोणबाट हेर्दा मैले जे कुरा उठाउन खोजिरहेको थिएँ किताब त्यही अनुरुपमा तयार भएन कि जस्तोपनि लाग्छ । राम्रो गर्ने सम्भावना जहिल्यै रहन्छ । कहिलेकाहीँ हतार गरिँदो रहेछ । हतार गर्दा कुनैपनि कर्मलाई उत्कृष्ट गराउने मौका गुमाइदो रहेछ । सायद अभैm राम्रो बन्न पनि सक्थ्यो होला तर समग्रमा म ‘बलैगाउँदेखि बाकुसम्म’ कृतिबाट खुसी छु ।

साहित्य क्षेत्रमा तपाईंका आगामी योजनाहरू के छन् ?

कृतिगत हिसाबले हेर्दा ‘बलैगाउँदेखि बाकुसम्म’ मेरो दोस्रो कृति हो । यतिबेला म यही किताबकै काममा व्यस्त छ । किताब बढीभन्दा बढी हातमा पुगोस् भन्ने मेरो ध्येय हो । यस बाहेक पनि म अर्को काममा व्यस्त छु । म तेस्रो पुस्तकको तयारी गर्दै छु । सबैका लागि आफ्नो बाबु आमा आदर्श र प्रिय हुन्छन् । मेरा निम्ति मेरा मातापिता आदर्श हुनुहुन्छ । वहाँहरू जिन्दगीको उतरार्धतिर हुनुहुन्छ ।

म सानैदेखि घरबाहिर बस्नुपरेकाले पनि बाबुआमालाई समय दिन पाइन । म टाढा बसेरै वहाँहरूका मिहिनेत आँसु र पसिनालाई नियालिरहें । म आमा बुवाले बिताएको त्यो समयको कथा लेख्न चाहन्छु । मलाई थाहा छ यो निकै जटिल कुरा हो । फेरि पनि म आफ्नो कर्ममा तल्लीन नै छु ।
कोहलपुरको साहित्य पठन संस्कृति र स्थानीयस्तरमा सरकारी या कोहलपुरवासीहरुको साहित्यिक नजरिया कस्तो पाउनु भएको छ ?
कोहलपुर पश्चिम नेपालको क्रस रोड हो । कोहलपुरको इतिहास चालिसको दशकदेखि सुरु हुन्छ ।

विशेष गरी नेपालगन्ज सुर्खेत सडक र पूर्वपश्चिम राजमार्गको मिलनबिन्दु कोहलपुर बनेपछि यसको महत्व चुलिएको हो । कोहलपुर मध्यपश्चिमका पहाडी जिल्लाहरूको आँगन पनि हो । यहाँ चारैतिरका मानिसहरूको बसोबास रहेको छ । यसको इतिहास त्यति पुरानो छैन । कोहलपुरमा विधिवत रुपमा २०५७ सालदेखि पूर्णिमा साहित्य समूहको रुपमा साहित्यिक गतिविधि सुरु भएको हो । २०७८ सम्म आईपुग्दा यो संस्था साहित्यिक प्रतिष्ठानको रुपमा कोहलपुरको साहित्यिक परिचय बनिसकेको छ ।

यसका बाबजुद पनि कोहलपुरमा पठन संस्कृति कमजोर रहेको छ । यहाँ राम्रा र व्यवस्थित पुस्तकालयको अभाव छ । पुस्तक मात्रै बेच्ने पुस्तक पसलहरूको अभाव छ । स्कुल कलेज जसले साहित्यलाई प्राथमिकतामा राखेर खोज अनुसन्धान या रचना प्रकाशन गर्न सक्थे ।

त्यो पहल र प्रयास कतैबाट भएको देखिँदैन । स्थानीय निकायले साहित्यिक विकासमा धेरै गर्न सक्थ्यो र सक्छ पनि तर साहित्यलाई कम महत्व दिएको देखिन्छ । भाषा, साहित्य र संस्कृति कुनै पनि ठाउँका चिनारी हुन्, परिचय हुन् । नागरिक समाज, राजनीतिक दलहरूमा पनि त्यो चिन्तन देखिँदैन ।

कोहलपुरमा एउटा पुस्तकालय छ । पुस्तकालय के भन्नु त्यो सीमित मानिसहरूको लागि राजनीति गने अखाडा बनेको छ । न त पुस्तकालयले आफ्नो औचित्य साबित गर्न सकेको छ न पुस्तकालय कार्यसमितिले नै पाठकहरूलाई आकर्षित गर्न र उनीहरूको मन जित्न सकेको छ । यस्तो अवस्थामा पनि पूर्णिमा साहित्य प्रतिष्ठानको सक्रियता प्रशंशनीय छ । यद्यपि त्यत्तिले मात्रै साहित्यको विकास र प्रवद्धन प्रयाप्त हुँदैन ।

कोहलपुर र यस आसपासको साहित्य र यहाँका स्रष्टाहरूलाई कसरी मूल्याङ्कन गर्नु भएको छ ?

नेपाली साहित्यमा बाँके जिल्लाको स्थान विशिष्ट छ । बाँकेको कोहलपुर क्षेत्र पछिल्लो समय निकै जुर्मुरायको छ । म कोहलपुर तिर नै बढी केन्द्रीकृत भएँ । यहाँबाट अर्जुन सिग्देल, भानुभक्त भट्टराईले निकै पहिले कृति निकाल्नु भएको थियो । कोहलपुर साहित्यमा बामे सरिरहेको छ । यहाँ थुप्रै सर्जक हुनुहुन्छ । आ–आफ्नो रुचि र स्वभाव अनुसार लेखिरहनुभएको छ ।

स्वयं तपाईंले नै आधा दर्जन जति कृति निकाली सक्नु भएको छ । परदिप भटटराई, सुमित्रा न्यौपाने, भुपेन्द्र सुबेदी, पुस्कर रिजाल, कपिल न्यौपाने, बिष्णु पादुका, बिक्रम शिशिर, देवकी निरौला, छविलाल खड्का, नमिता बराल, बद्री ढकाल हिरामणि, अन्जु न्यौपाने, केशब सिग्देल, तुलसी पाठक, शान्ति अधिकारी, हरिचन्द्र ढकाल, नवराज चापागाईं, गोपालप्रसाद आचार्य, बेगम थापा निश्चल, ओम ओलि, मान बहादुर बि क. लगायतका थुप्रै स्रष्टाहरूले कृति प्रकाशन गरेर कोहलपुरको मात्रै होइन समग्र नेपाली साहित्यमा आफ्नो उपस्थितिलाई नै समृद्व बनाइरहनु भएको छ ।

यो क्रम रोकिएको छैन । बलैगाउँदेखि बाकुसम्म त्यसैको पछिल्लो कडि हो । अन्जु न्यौपानेको ‘लुकेको वासना’ मिवोचन क्रममा छ । थारु समुदायको विषयवस्तुलाई समेटेर लेखिएको ‘बुह्रान’ उपन्यास छापिने क्रममा छ । सम्भावनाहरू थुप्रै देखिएका छन् यस क्षेत्रमा । कृति प्रकाशन नगरेका तर साहित्यमा राम्रो प्रभाव छोड्न सक्ने नव सर्जकहरू पनि धेरै हुनुहुन्छ । जसले गर्दा केहलपुर क्षेत्रले नेपाली साहित्यलाई केही न केही योगदान दिने छ भन्ने कुरामा विश्वस्त हुन सकिन्छ ।

अन्त्यमा केही भन्नु छ कि ?

कोहलपुर भर्खरै त सबै क्षेत्रमा विकसित हुर्दै छ । एउटा सहर सयौँ वर्षको विकासपछि उसको अलग्गै संस्कृति परिचय र पहिचान बनेको हुन्छ । कोहलपुरले पनि हरेक कोणबाट आफ्नो इतिहास बनाइरहेको समय हो यो । कोहलपुरमा आज भैइरहेका गरिविधिहरू भोलिको कोहलपुरको इतिहास हो ।

कोहलपुरबाट पहिलो नियात्रा सङ्ग्रहको रुपमा ‘बलैगाउँदेखि बाकुसम्म’ प्रकाशित भएको छ । पुस्तक विमोचनको पूर्वसन्ध्यामा मलाई आफ्नो पुस्तक र कोहलपुरको साहित्यको बारेमा कुराहरू राख्ने अवसर दिएकोमा मिसन टुडे राष्ट्रिय दैनिकप्रति कृतज्ञ छु , आभारी छु । मेरो पहिलो कृति ‘लकडाउन’ धेरैले पढ्नु भयो । निकै राम्रा प्रतिक्रियाहरू पाइरहेको छु जसले मलाई उत्साहित बनाइरहेको छ ।

मेरो दोस्रो कृतिलाई पनि पहिलो कृतिलाई जस्तै ‘बलैगाउँदेखि बाकुसम्म’ लाई पनि माया गर्नुहुनेछ, अध्ययन गरेर प्रतिक्रिया दिनु हुनेछ भन्ने आसा गरेको छु ।

प्रकाशित मितिः शनिबार, पुस २४, २०७८     11:12:12 AM  |