–विष्णु विश्वकर्मा
सानाखोला भन्ने गायँमा एउटा सानो परिवार थियो । त्यस परिवारमा हजुरबा, हजुरआमा, आमा र गौरव थिए । गौरव सानो बालक जसको पिता गरिबीका कारण बाहिरीएका थिए । उनको बिदेशमै निधन भएको थियो । उनीहरूको धेरै ऋण थियो । कमाई थिएन । भएको सानो घर र बारी पनि साहुले हडपेको थियो । सोही कारण उनीहरू गाउँबाट बाहिरिन विवश भएका थिए ।
गाउँबाट आएपछि सहरको एउटा अँध्यारो गल्लीमा बसोबास गर्न थाले । गौरवकी आमा साहुको घरमा गएर भाँडा माझ्ने, पोछा लगाउने गर्थिन् । त्यही कामबाट आएको पौसाले परिवारको गुजरा चलिरहेको थियो । यो काम निरन्तर चार वर्षसम्म चलिरह्यो । त्यसपछि छोडिन् । एक दिन अचानक गौरवकी हजुरआमाको मृत्यु भयो । एकातिर हजुरआमाको निधनको पीडा थियो भने अर्कोतिर परिवारको खर्चका लागि पैसाको चिन्ता । तर जसो तसो खर्च जुटाउँदै रहे । गौरवकी आमा फेरि पहिलेकै काम गर्न थालिन् ।

दुई तीन वर्षपछिको कुरा हो, गौरवकी आमा अचानक बिरामी पर्छिन् । गौरवले के नै गर्न सक्थ्यो र ? गाउँमा हजुरबुवाले कोही बिरामी पर्दा गाउँलेसँग सहयोग माग्थे । गाउँलहरूले पनि सहयोग गर्थे । त्यसैगरी उनले सहरका मानिसहरूसँग सहयोग माग्न पठाए । गौरव चारैतिर गाडी गुडिरहेको सडकमा पुग्छ । उसले त्यहाँ बालाई भेट्छ र भन्छ , “मुवा मुवा मेरी आमा बिरामी हुनु हुन्छ सहयोग गर्नुहोस् न” उसले झर्किदै भनी “सबैलाई सेवा गर्न मैले स्यंमसेवा केन्द्र खोलेकी छु र ? बेलुका हामीभन्दा मिठो खाना खान्छन् अहिले नाटक पारेर सडकमा आँउछन् ।” ऊ बिचरा बालकलाई हजुरबुवाले कोही आइमाई भेटिए “मुवा मेरी आमा बिरामी हुनुहुन्छ सहयोग गर्नुहोस् न भन्ने र कोही केटा भेटिएमा बुवा मेरी आमा बिरामी हुनुहुन्छ सहयोग गर्नुहोस् न” भन्न सिकाएका थिए ।
गौरवको भेट आन्टीसँग हुन्छ र उसले “मुवा मुवा मेरी आमा बिरामी हुनुहुन्छ सहयोग गर्नुहोस् न” उसले पनि झर्किदै भनी “आफैलाई त कसले सहयोग गरोस् ?” तीखो वचन लगाई । गौरव दिनभरि डुल्यो तर कोही पनि उसको सहयोग गर्न अगाडि सरेनन् । ऊ निरास भएर घर फर्कियो । उसले दिनभरि भएका कुरा हजुरबुवालाई भन्यो । हजुरबुवाले मनमनै सोच्नु भयो, “ए भगवान मर्ने बेलामा मलाई यो कस्तो ठाँउमा छोडिदियौ ? गाउँमा हुँदा एक छाक मकै र एक छाक भोकै त हुन्थ्यौं यहाँ त दुई छाक नै भोकै रहनुपर्छ दुनियाँ कति मतलबी भएछ ।” त्यो दिन उनीहरू भोकै सुते ।
अर्को दिन हजुरबुवाले गौरवलाई आमाका लागि केही खानेकुरा ल्याउन पठाउँछन् । हजुरबुवाले सिकाए झैँ ऊ एउटा पसलमा गयो र भन्यो, “म र मेरो हजुरबुवा भोकै छौँ । मेरी आमा त झन् बिरामी हुनु हुन्छ तर केही खानुभएको छैन । केही खाने कुरा दिनुहोस न ।” उसले रिसाउँदै भन्यो, “तँलाई तेरो हजुरबुवालाई र तेरो आमालाई खुवाउने जिम्मा लिएको छु र ? निस्की यहाँबाट ।” भन्दै धक्का मा¥यो । निरास भएर घर फर्कियो । आमाको अवस्था नाजुक हुदै जान थाल्यो । चौरासी पचासी वर्षका हुजुरबुवाले पनि केही नखाएकाले उठ्न सकेका थिएनन् । कमजोर भएका थिए । यस्तै पाँच दिनपछि हजुरबुवाको निधन भयो । त्यसकै केही दिनपछि आमाको पनि निधन भयो । दुबैको अन्तिम संस्कार वरपरका मानिसले गरिदिए ।
गैेरवका आफ्ना भन्ने कोही रहेनन् । ऊ असाहाय भयो । अनाथ भयो । उसको बसाइ सडकका गल्लीहरू भए । समयसँगै मौसम परिवर्तन भइरहन्थ्यो । पुषको महिना चिसो ह्वात्तै बढ्यो । चिसो भगाउने केही थिएन गौरवसँग । सडकमा काप्दै हिड्थ्यो दिनभरि एकछाक खानाका लागि । तर उसको साहारा बनेर कोही आएन । कसैले वास्ता गरेन । कति दिन भोकै सुत्यो ।
माग्ने हिड्ने क्रम छोडेन । जहाँ जान्थ्यो “काम गरेर खान सक्दैनस्” भन्थे सबैले । के काम गर्ने मेसो पाएको थिएन उसले । एक दिन गौरवले एक जना कवाडीवालाले सामान खोज्दै हिडेको देख्यो । ऊ कवाडीवालाको नजिकै गयो र मनमा लागेका कुराहरु सोध्यो । कवाडीवालाको मन पलायो । उसले गौरवलाई साथी बनायो । उनीहरू सँगै हिड्न थाले । कवाडीहरु बटुल्ने बेच्ने गर्न थाले । यो क्रम कही समय चल्यो ।
एक दिन कवाडीवालासँग गौरवले पढाइको जिज्ञासा राख्यो । गौरवका कुराले कवाडीवालाको मन छोयो । उसले नजिकैको स्कुलमा भर्ना गरिदियो । पढाइमा गौरव तेज निस्कियो । प्रत्येक वर्षको केही न केही पुरस्कार ल्याउँथ्यो । कवाडीवाला खुसीले फेरुङ हुन्थ्यो । आजभोलि बिदाको दिन कवाडीवाला र गौरव सडकमा कवाडी खोज्दै हिँडेको देखिन्छ । उसलाई कवाडी पेसा तुच्छ लागेको छैन । मनको धनी कवाडीवाल उद्योगपतिहरूभन्दा निकै धनी र सुखी लाग्ने गरेको छ ।









प्रतिक्रिया दिनुहोस्