सुर्खेत । आइतबारदेखी शुरु भएको वर्षाले कर्णाली प्रदेशमा मानविय क्षती समेत भएको छ । घर माथिबाट खसेको पहिरोमा परेर कालिकोटमा एक बालिकाको मृत्यु भएको छ । महावै गाउँपालिका–७ राम्रीका १८ वर्षीय स्मृति अधिकारीको पहिरोमा परेर मृत्यु भएको हो ।
स्थानीय विष्णुलाल अधिकारीको घरमा आज विहान घरमाथिबाट खसेको पहिरोमा परेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी प्रमुख चक्रबहादुर शाहले जानकारी दिए । उनकाअनुसार पहिरोले घरमा क्षती पुगेको छ । घरमा अन्य सदस्य भने सकुशल रहेको शाहको भनाई छ ।
प्रकाशित मिति : २०७८ कात्तिक २ गते मंगलबार










प्रतिक्रिया दिनुहोस्