24 October 2021  |   आइतवार, कार्तिक ७, २०७८

रैथाने खेतीमा जोड दिदैं जुम्लाका किसान

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, अशोज १६, २०७८  

जुम्ला : पछिल्लो समयमा जुम्लाका किसान रैथाने खेतीलाई जोड दिदै आएका छन् । उत्पारिवर्तशिल बाली प्रजनन (इपिबी) परियोजनाले यहाँको किसानलाई रैथाने खेतीदेखि अन्य अर्गानिक बाली उत्पादन र संरक्षणमा लागेपछि सो खेतीमा किसान आकर्षणदेखि रैथाने बाली संरक्षणमा जुटेको किसान जुटेका छन् ।

लोपोन्मुख जुम्लाको कालीमार्सी धान,चिनो कागुनो,कोदो र सिमी लगायतका रैथाने बालीको सरक्षणमा किसान जुटेका हुन् । बढ्दो बजार माग र महत्व बुझेपछि जुम्ली किसान पछिल्लो समय रैथानेबालीको प्रर्बद्धनमा जुटेको पाइएको छ । स्थानीय गैरसरकारी संस्था लीवर्डले जुम्लाको रैथाने बाली संरक्षणका लागि किसानलाई प्राविधिक तथा सैद्धान्तिक विषयमा सिकाउदै आएको छ । जसका कारण जुम्ली किसान रैथाने बालीको खेतीमा आर्कषित भएको किसान राजकन्या उपाध्यायले बताइन् । अनुभव साटासाट गर्नेका लागि सो संस्थाले लमजुङका किसानलाई भ्रमण गराउनका लागि जुम्ला ल्याएको छ ।
खेती प्रणाली,उत्पादन बृद्धि संकलन भण्डार,बाली दर्ता तथा बजारीकरण लगायतका विषयमा रैथाने बाली संरक्षण गर्ने लीवर्ड संस्थाले जिल्लाका किसान र लमजुङका किसानबीच अन्तरक्रिया समेत गरेको छ । माग बढ्दै गएपछि कालीमार्सी धान,सिमी,चिनो कागुनो लगायतका रैथाने बालीको खेतीमा अग्रसर भएको तातोपानी – ४ का किसान उपाध्यायल जानकारी दिइन् ।
‘उत्पादन बृद्धि गर्न कृषिमा आधुनिकरण बहुरुपी जातको खेतीमा जोडदिन आबश्यक छ । रैथाने बालीको माग बढेको छ । हामी रैथाने बाली उत्पादन, प्रर्बद्धन तथा खेती विस्तारमा जुटेका छौं ।’ उनले भनिन् ।
मार्सीधान, सिमी मात्र नभई हाम्रा हरेक रैथाने बाली संरक्षण गर्न जरुरी छ । उत्पादनबृद्धि तथा खेती विस्तारको लागि अनुसन्धानलाई जोड दिनुपर्छ । उत्पादन,संकलन,लेबलिङ,प्याकेजिङ तथा बजारीकरणमा स्थानीय तहले सहजीकरण गर्नुपर्ने उपाध्यायको भनाइ छ ।
लीवर्डले तातोपानी गाउँपालिका स्थित एैरेनीको एक मार्सी फाँटमा विगतका वर्षदेखि अनुसन्धान गर्दै आएको छ । जिल्लामा संचालित धान तथा सिमीका बहुरुपीय जातहरुको अनुगमन गर्न जुम्ला पुगेका लीवर्डका बाली प्रजनक श्रीप्रसाद न्यौपानले मार्सीधानको उत्पादन बृद्धिका लागि बहुरुपीय जातको खेतीमा जोड दिनुपर्ने बताए ।
‘जुम्लामै उत्पादन हुने विभिन्न जात मिसाई बहुरुपी जातको खेती गर्ने,बाली समहु उपसमुह बनाउने, बजारीकरण सहजका लागि बाली दर्ता प्रक्रिया शुरु गर्ने जस्ता कार्यमा लीवर्ड प्राविधिक सहयोग गर्ने छ । समान प्रकृति भएका एकैबाली भित्रका जातहरु एक आपसमा मिसाएर खेतीगर्दा बढी जलवायु अनुकुलनशील तथा दिगो उत्पादन दिनसक्ने खालका हुन्छन् ।’लीवर्डका बाली प्रजनक न्यौपानले भने,‘जुम्लाको हावापानीमा बहुरुपीय जातको खेती उपयुक्त हुने । लमजुङ जिल्लामा पनि लीवर्डले धान र कागुनो बालीमा काम गर्दे आएको बाली प्रजनक न्यौपानलेले बताएका हुन् ।
किसान भक्त बहादुर गिरीले लीवर्डकै सहयोगले लमजुङमा लोप हुन थालेको कागुनो खेती विस्तार भएको छ । बजारमा माग बढेको, विभिन्न परिकार बनाएर पर्यटकलाई खुवाउने गरेको, अनुभव रहेको छ । गतवर्ष मात्रै २० मुरी कागुनो उत्पादन भएको किसान गिरीले बताए ।
तर, किसान आफै रैथाने बाली सरंक्षणमा जागरुक भएका छन् । जुम्लीमार्सी,सिमी,चिनो,कागुनो,कोदो,फापर लगायतको रैथानीबालीको खेती,उत्पादन बृद्धि,संकलन बजारीकरण नीति निर्माणका लागी स्थानीयतहदेखि प्रदेश केन्द्र तहमा बहस गर्ने समेत लीवर्डका बाली प्रजनक न्यौपाने बताउँछन् । सो संस्थाको परियोना अन्तरर्गत साझेदारी निकाय लीवर्ड,नेपाल कृषि अनुसन्धान परिषद् जीन वैंक,खुमलटार र वायोभर्सिटि ईन्टरनेशनलको संयुक्त साझेदारीमा संचालन परियोजना भएको लीवर्डले जनाएको छ ।

प्रकाशित मितिः शनिबार, अशोज १६, २०७८     7:32:39 PM  |