18 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

‘बाँकेको शताब्दी साहित्य’ पुस्तकको आवरण सार्वजनिक

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, साउन ८, २०७८  

कोहलपुर : बाँके जिल्लाको १ सय पुरानो साहित्य पुस्तकका रुपमा प्रकाशित हुने भएको छ । बाँकेको साहित्य क्षेत्रमा उल्लेख्य योगदान गर्दै आएको भेरी साहित्य समाजद्धारा उक्त अनुसन्धानमुलक पुस्तक सार्वजनिक गर्ने भएको हो । बुधबार जिल्लामा एक कार्यक्रमका बीच उक्त पुस्तकको आवरण सार्वजनिक गरिएको छ ।


वरिष्ठ साहित्यकार सनत रेग्मी लगायतको उपस्थितिमा पुस्तकको आवरण सार्वजनिक गरिएको भेरी साहित्य समाज नेपालगन्जले जनाएको छ । पुस्तकका लेखक साहित्यकार ईश्वरीप्रसाद रिजाल हुन् ।उनले आफ्नो जन्मदिनको अवसरमा ‘बाँकेको शताब्दी साहित्य’ नामक कृतिको आवरणलाई सार्वजनिकीकरण गरेको साहित्यकार महानन्द ढकालले बताए ।

उनका अनुसार यो पुस्तकमा बाँके जिल्लाको समग्र साहित्य क्षेत्रको इतिहास समेटिएको छ । पुस्तक जानकारीमुलक मात्रै नभइ अनुसन्धानमुलक समेत रहेको उनको भनाइ छ ।

आवरण सार्वजनिक कार्यक्रममा विभिन्न स्रष्टाहरुले आफ्ना धारणा राखेका थिए । कार्यक्रममा सनत रेग्मी, हरिप्रसाद तिमिल्सिना, पूर्णलाल चुके, डा. इन्द्र भण्डारी, महानन्द ढकाल, ईश्वरी रिजाल, भरत रानाभाट, सुमित्रा न्यौपाने, लेकराज प्याकुरेल, मिना बराल, पुष्प प्रधान, फणिन्द्र आचार्य, महेश अधिकारी, जिवराज आदिको उपस्थिति थियो । यो पुस्तक छिट्टै बजारमा आउने प्रकाशक भेरी साहित्य समाजले जनाएको छ ।

प्रकाशित मितिः शुक्रबार, साउन ८, २०७८     11:20:08 AM  |