18 April 2024  |   बिहिबार, बैशाख ६, २०८१

आज पीपुल्स भोलेन्टियर घोषणा गर्दै नेपाल समूह

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, साउन ७, २०७८  

काठमाडौँ : नेकपा एमालेको माधवकुमार नेपाल समूहले ‘पीपुल्स भोलेन्टियर’ ९पीभी० ब्यूँताउँदै छ । एमालेका अध्यक्ष केपी शर्मा ओली समूहले युथफोर्स ब्यूँताएपछि नेपाल समूहले एमालेकै आठौँ महाधिवेशनबाट विघटन भएको पीभी ब्यूँताउन लागेको हो ।

पीभीको घोषणा आज भक्‍तपुरको थापा पार्टी प्यालेसमा १२ बजे माधवकुमार नेपालले एक कार्यक्रमकाबीच गर्ने युवासंघका उपमहासचिव सञ्जीप राईले जानकारी दिए । त्यसो त नेपाल समूहको अखिलले यूथफोर्सलाई प्रतिवाद गर्न भन्दै तपेन्द्रजंग शाहीको संयोजकत्वमा अखिल फोर्स गठन गरिसकेको छ ।

प्रकाशित मितिः बिहिबार, साउन ७, २०७८     11:41:41 AM  |