स्मृति गौतम र प्रताप दासको नयाँ गीत ‘अल्लारे माया’ को म्युजिक भिडिओ सार्वजनिक भएको छ। मौलिक काँठे लोक दोहोरी भाकाको यो गीत स्मृति गौतमको युट्युब च्यानलबाट शनिबार सार्वजनिक भएको हो।
किरण गौतमको लय शब्द, अमोन रानाको निर्देशन र निरेन श्रेष्ठको कोरियोग्राफी रहेको गीतमा सन्जिब ठकुरी र टीका जैसीले अभिनय गरेका छन्।
लोकभाकाका गीत गायनमा सक्रिय गायिका स्मृतिले थुप्रै मौलिक काँठे लोक दोहोरी गाइसकेकी छन्।
उनी संगीतकर्मी संघ बागमती प्रदेशकी वरिष्ठ उपाध्यक्ष तथा राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान चाबहिल समितिकी महिला उपाध्यक्ष हुन्। नेपाल आइडल पहिलो सिजनमा तेस्रो भएका चर्चित गायक दासले पनि धेरै गीत गाइसकेका छन्।
प्रकाशित मिति : २०७८ असार २० गते आइतबार









प्रतिक्रिया दिनुहोस्