21 May 2024  |   मङ्लबार, जेष्ठ ८, २०८१

अब ५० पुगेका र स्तनपान गराउने नर्सले रात्रिकालीन ड्यूटी गर्नुनपर्ने

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, असार ६, २०७८  

काठमाडौं । नेपालमा अब ५० वर्ष उमेर समूहमाथि र स्तनपान गराइरहेका स्टाफ नर्सहरुले रात्रिकालीन ड्यूटी गर्ने नपर्ने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै अस्पतालका नाममा एक सूचना जारी गर्दै स्तनपान गराइरहेका र ५० वर्षमाथिका स्टाफ नर्सले रात्रिकालीन ड्यूटी गर्नु नपर्ने जनाएको हो ।

नेपाल नर्सिङ संघले उमेर ढल्केका र स्तनपान गराइरहेका नर्सहरुलाई रात्रिकालीन ड्यूटीले असहज भएको भन्दै मन्त्रालयको ध्यानाकर्षण गराएको थियो ।

मन्त्रालयले उक्त निर्णय गत चैत्र २३ गते गरेको थियो । बैशाख ३० गते सबै अस्पतालहरूलाई निर्णयबारे जानकारी गराउँदै पालना गर्न निर्देशन दिएको हो ।

संघको उक्त मागप्रति स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नीति समन्वय समितिले बैठकले दुई वर्षसम्म अब ५० कटेका र स्तनपान गराइरहेका नर्सहरुले रात्रिकालीन ड्यूटी गर्नु नपर्ने निर्णय गरेको हो ।

मन्त्रालयद्वारा जारी सूचनामा भनिएको छ, ‘५० वर्ष उमेर पुगेका र स्तपान गराइरहेका नर्सहरूलाई दुई वर्षसम्म अस्पतालमा रात्रकालिन ड्युटी नगराउन सम्बन्धित संस्थालाई अनुरोध गरिन्छ ।’

प्रकाशित मितिः आइतवार, असार ६, २०७८     4:20:14 PM  |