कोहलपुर ।
पछिल्लो २४ घण्टामा बिहीवार बाँकेमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाका तीन प्रयोगशालामा गरिएको परीक्षणमा थप ११ मा कोरोना संक्रमण पुष्टि भएको हो ।
७ महिला र ४ पुरुष गरेर ११ जनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिड व्यवस्थापन समिती बाँकेले जनाएको छ । भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा गरिएको परीक्षणमा ६ महिला र ३ पुरुष गरी कुल ९ जना तथा मेडिकल कलेज कोहलपुरमा गरिएको परीक्षणमा १ महिला र १ पुरुषमा संक्रमण देखिएको थियो । बागेश्वरीको ल्याबमा गरिएको परीक्षणमा बाहिरी जिल्लाका नमूनामा संक्रमण पुष्टि भएपनि बाँके जिल्ला भित्रकामा भने पुष्टि भएको थिएन ।
जिल्लाका तीन प्रयोगशालामा पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । तीमध्ये बाहिरी जिल्लाका २१ र बाँकेका ११ जनामा संक्रमण देखिएको जिल्ला कोभिड व्यवस्थापन समिती बाँकेले जनाएको छ । योसँगै बाँकेमा कुल कोरोना संक्रमितको संख्या १७ हजार ३ सय ८२ पुगेको जिल्ला कोभिड व्यवस्थापन समिती बाँकेका फोकल पर्सन तेज ओलीले जानकारी दिए । संक्रमितमध्ये ७ हजार ४ सय महिला र ९ हजार ९ सय ८२ पुरुष रहेका छन् ।
पछिल्लो २४ घण्टामा जिल्लामा थप २४ जना कोरोना जितेर डिस्चार्ज भएका थिए । डिस्चार्ज हुनेहरुमा १५ महिला र ९ पुरुष रहेको जिल्ला कोभिड व्यवस्थापन समिती बाँकेको तथ्यांका उल्लेख रहेको छ ।
योसँगै बाँकेमा कोरोना जित्नेहरुको कुल संख्या १६ हजार ९ सय ५३ पुगेको जिल्ला कोभिड व्यवस्थापन समिती बाँकेका फोकल पर्सन ओलीले बताए । उनका अनुसार कोरोना जित्नेहरुमा ७ हजार २ सय १८ महिला र ९ हजार ७ सय ३५ पुरुष रहेका छन् ।
बिहीवारसम्म बाँकेमा सक्रिय संक्रमितको संख्या २ सय ४८ रहेको जिल्ला कोभिड व्यवस्थापन समिती बाँकेले जनाएको छ । तीमध्ये ५३ महिला र ६६ पुरुष गरेर १ सय १९ जना बाँके तथा ८७ जना बाहिरी जिल्लाका संक्रमित रहेका थिए । ७० महिला र ५९ पुरुष गरेर १ सय २९ जना सक्रिय संक्रमित होम आइसोलेसनमा रहेका छन् ।
७७ संक्रमित अस्पताल तथा आइसोलेसन सेन्टरमा रहेको जिल्ला कोभिड व्यवस्थापन समिती बाँकेले जारी गरेको तथ्यांकमा उल्लेख रहेको छ । पछिल्लो २४ घण्टामा बाँकेका अस्पतालमा बाँकेका एक पुरुष संक्रमितको मात्र उपचारका क्रममा मृत्यु भएको थियो । बाहिरी जिल्लाबाट उपचारका लागि रिफर भएर आएका संक्रमितको मृत्युदर भने शून्य रह्यो । बाँकेमा हालसम्म बाँके भित्रका र बाहिरी जिल्लाका गरेर ६ सय ५१ जनाको उपचारका क्रममा बाँकेमा अस्पतालमा मृत्यु भइसकेको छ । तीमध्ये २ सय ३४ महिला र ४ सय १७ पुरुष रहेका छन् ।









प्रतिक्रिया दिनुहोस्