कोहलपुर :
तीन प्रदेशका १२ वटा जिल्लालाई कोरोना महामारीको सामना गर्नको लागि स्वास्थ्य सामग्री सहयोग गरिएको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र शिक्षा मन्त्रालयसँगको सहकार्यमा तीन वटा अन्र्तराष्ट्रिय स्वयमसेवी संस्थाहरुले तीन प्रदेशका १२ वटा दुर्गम जिल्लालाई ‘अक्सिजन कन्सनटेटर’ लगायतका स्वास्थ्य सामग्री सहयोग गरेका हुन् ।
कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका जिल्लाहरुलाई स्वास्थ्य सेवा निर्देशनालय, खरिद् तथा आपूर्ति शाखा कर्णाली प्रदेश (हाल नेपालगन्ज) मार्फत सामग्री सहयोग गरिएको हो । कार्यालय अन्तर्गत रहेको क्षेत्रीय मेडिकल स्टोर नेपालगन्जका शाखा प्रमुख धमेन्द्र न्यौपानेले १२ जिल्लाका लागि कुल २ सय ४० वटा अक्सिजन कन्सनटेटर लगायतका सामग्री सहयोग गरिएको गरेको बताए ।
उनका अनुसार सहयोगी संस्थाका प्रतिनिधिले स्टोरमा सहयोग सामग्री हस्तान्त्रण गरिसकेका छन् । सबै जिल्लाका प्रतिनिधिहरुलाई खबर भइसकेको र वितरण शुरु गरिने जानकारी दिए । उनका अनुसार सहयोग सामग्री मध्ये ८० वटा ५ लिटर र १ सय ६० वटा १० लिटरका कन्सनटेटर रहेका छन् । उक्त सहयोग सामग्रीसँगै प्रति जिल्ला २ हजार ७ सय ८० वटा एन–९५ मास्क समेत रहेको उनले बताएका छन् ।
ठूलो परिाणामको सहयोग कम्युनिटी पार्टनर इन्टरनेशनल अमेरिका, मिट गुरुप फाउण्डेसन अष्टे«लिया र भृकुटी देवी ट्रष्ट नेपालको संयुक्त सहकार्यमा वितरण गरिएको हो । कम्युनिटी पार्टनर इन्टरनेशनल अमेरिकाका दक्षिण एसिया प्रतिनिधि अनुप तिवारीले नेपालमा स्वास्थ्य सेवा पहुँचका दृष्टिले पछि रहेका तीन प्रदेशका जिल्लाहरुमा कोरोना महामारीको समयमा सहयोग पुगोस् भन्ने उद्देश्यले सहयोग गरिएको जानकारी दिए ।
उनका अनुसार कर्णाली प्रदेशका सुर्खेत, दैलेख र जाजरकोट, लुम्बिनी प्रदेशका रोल्पा, प्यूठान, दाङ, बाँके र बर्दिया तथा सुदूरपश्चिम प्रदेशका अछाम, बाजुरा, बैतडी र दार्चुला जिल्लालाई सहयोग गरिएको हो । ती मध्ये सिपिआईले देशभर १ सय ३० वटा अत्याधुनिक अक्सिजन कन्सनटेटर यसअघि नै सहयोग गरिसकेको भनाइ छ । यसपटक आफ्नो संस्थाको तर्फबाट भने ८० वटा मात्रै आएको उनले जानकारी दिए ।
यस्तै एमआइटी र भृकुटीले सहयोग गरेको तिवारीले बताए ।‘यो पहिलो चरणको सहयोग हो ।हामीले दुर्गम जिल्लालाई प्राथमिकता दिएका
छौँ । यो सामग्री तेस्रो चरणको कोरोना भाइरस महामारी नियन्त्रणका लागि सहयोगी हुने अपेक्षा गरेका छौँ । आगामी दिनमा पनि सहयोग गर्नेछौँ ।’ उनले भने ।
सिपिआई अमेरिकामा बसोबास गर्ने डाक्टरहरुको संगठन हो ।अहिले यसले दक्षिण एसियाका श्रीलंका, बंगलादेश, पाकिस्तान र नेपालमा काम गर्दै आएको छ । यस्तै उनले आगामी दिनमा नेपालका दुर्गम क्षेत्रमा अक्सिजन प्लान्ट स्थापना गर्ने विषयमा समेत आफूहरुले सोच बनाइरहेको बताए ।
सहयोग सामग्रीहरुमा २ सय ४० अक्सिजन कन्सनटेटर, ८० वटा भोल्टेज कन्भटर र १० हजार एन– ९५ मास्क रहेका छन् । कुल स्वास्थ्य सामग्री ३ करोड भन्दा बढी मूल्य बराबरको रहेको उनले जानकारी दिए । प्रति जिल्लाका १० वटाका दरले अक्सिजन कन्सनटेटर सहयोग गरिएको हो ।









प्रतिक्रिया दिनुहोस्