8 December 2021  |   बिहिबार, मंसिर २३, २०७८

गण्डकीमा पनि केन्द्रकै नियति, गुरुङले पनि मुख्यमन्त्रीमा गरे दाबी !

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, जेष्ठ २९, २०७८  

पोखरा ।

गण्डकी प्रदेशमा पृथ्वीसुब्बा गुरुङले पनि मुख्यमन्त्रीमा दाबी गरेका छन् ।

उनका प्रेस सल्लाहकार विक्रम न्यौपानेले दिएको जानकारीअनुसार गुरुङले पनि मुख्यमन्त्रीमा दाबी गरेका छन् । स्रोतका अनुसार जसपा र राजमोका संसदीय दलको नेताको हस्ताक्षरसहितको पत्र बुझाइएको छ ।

सो पार्टीका सांसदहरु भने शुक्रबार नै कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्री बनाउनुपर्ने भन्दै सशरीर प्रदेश प्रमुखको कार्यालयमा उपस्थित भएका थिए ।

प्रकाशित मितिः शनिबार, जेष्ठ २९, २०७८     3:50:07 PM  |