25 April 2024  |   शुक्रबार, बैशाख १४, २०८१

उच्च शिक्षाको पाठ्यक्रममा पूर्विय दर्शनको आवश्यकता किन ?

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, जेष्ठ २८, २०७८  

एकराज शर्मा

वास्तवमा उच्च शिक्षा भन्नाले विभिन्न महाविद्यालय तथा विश्वविद्यालयहरुले प्रदान गरिने शिक्षा हो छोटकरीमा भन्दा विश्वविद्यालयका स्नातक तथा स्नातकोत्तर तह एवम् अनुसन्धान तहमा प्रदान गरिने शिक्षा हो । त्यसकारण यी तहहरुको पाठ्यक्रममा पूर्वीय दर्शन भित्रको हिन्दु दर्शनको आवश्यकता कि छ भन्ने विषयमा आधारित यो आलेख छ । पूर्वीय दर्शन भित्र चिनिया, भारतीय, कोरियन थाईल्याण्ड र म्यानमारका दर्शनहरु रहेका छन् । यी दर्शनहरु भित्रपनि विशेषगरी भारतीय र चिनीया दर्शनलाई विशेष मानिन्छ । यी दर्शन हाम्रो हावा पानी र माटो सुहाउँदो मूल दर्शन हुन । हाम्रो नेपाल र भारतीय दर्शन अन्तरर्गत हिन्दुवाद र हिन्दु दर्शनका न्याय, मिमांशा, वेदान्त जस्ता आस्तिक जयन चार आजविकि श्रवण, अविध्या जस्ता नास्तिक भारतीय दर्शनको जगम्य हो ।

विशेष गरेर जयन, कन्फसियस, ताओ, मोहि, कोरियन र चाईनिज जस्ता छिमेकी दर्शनको ठूलो हामीमा रहेको छ । नेपालको सन्दर्भमा बुद्धको बुद्धदर्शन मानिसहरुको कण कणमा अहिंसा र शान्तिको प्रायः बनेर रहेका छन् । मनको शान्ति हाम्रो जीवनशैलीको महत्वपूर्ण विकसित भनिएका ठूला देशहरुमा कमी तथा दुर्लभ जस्तै रहेको छ । ति देशहरुका झण्डै आधा भन्दा धेरै मानिसहरु डिप्रेसनमा रहेकाछन् । भौतिक रुपमा सबै चिज तथा वस्तु रहेको भएतापनि उनीहरुको मनमा अशान्ति हुँदा उनीहरु निरास छन् । त्यसकारण पनि उनीहरु हामीकहाँ भौतारिदै आएका हुन्छन् ।

हाम्रो दर्शन कला जीवन पद्धति हाम्रा अमुल्य साधन हुन् । यहाँ पूर्वीय दर्शनमा जीवन, जगत, शिक्षा कला र साहित्य विज्ञानका श्रेष्ठतम दर्शन रहेका छन् । हिन्दु धर्म दर्शनमा मात्र नभइ यसभित्र ज्ञान, विज्ञान, कला तथा साहित्यका दर्शनहरु पनि रहेका छन् । किनकि शिक्षा दर्शन सम्बन्धि भागवत गीतामा भनिएको छ ुपृथ्वीमा ज्ञान भन्दा शुद्ध चिज अरु केही छैनु फेरी भनिएको छ ुशिक्षा त्यो चिज हो जसले व्यक्तिलाई आत्मविश्वासी र निस्वार्थी बनाउँछु । शंकराचार्यले भनेका छन् ुआत्मानुभूती नै शिक्षा होु किनकि करीब पाँच हजार वर्ष पूर्व उपनिषदमा शिक्षा स्वतन्त्रताको लागि हो भनेर चर्चा गरिएको छ । गीताको मूल सन्देशमा भनिएको छ निष्काम कर्म गरको महिमा संसारमा आज उत्तिकै सान्दर्भिक रहेका छ ।

वैद्धिक समयमा पन्ध्रसय देखि सातसय विसीको समयमा तयार पारिएका ग्रन्थलाई वेद भनिन्छ । वेदमा आधारित दर्शनलाई वैदिक दर्शन भनिन्छ वेदहरु ऋग्वेद, यजुवेद, सामवेद र अथर्वगरी चार भागमा विभाजन गरिएको छ । पूर्वीय दर्शन वैदिक दर्शन हो । दर्शन अजर, अमर, अमृतमय, अभय असंसारिक, सर्वव्यापक, ज्योति स्वरुप नित्य, निर्विकार र शुद्ध चैतन्य रुपको हुन्छ । वृहत नायक उपनिषदमा भनिएको छ कि बोल्न नसक्नेलाई बोलने बानिकोे शक्ति दिने, मनले ग्रहण गर्न नसक्ने कुरालाई ग्रहण योग्य बनाउने, देख्न नसक्नेलाई दृष्टि शक्ति दिने, प्राणमा गति प्रदान गर्ने शरीरको स्वामी र इन्द्रियहरु अधिनता प्राप्त गराउने दर्शका आवश्यक तथा अनिवार्य पक्ष हुन् । पूर्वीय दर्शनले दर्शनको स्वरुप, दर्शनको विषय र दर्शनको उद्धेश्य सबैलाई आध्यात्मिक स्वीकार गरेको छ ।

मानिस संसारमा जन्मिछ उसको मृत्यु हुन्छ । त्यो राम्रो काम गर्ने मौका प्राप्ति पनि हो । मृत्यु शरीरको अन्त्य हो । मृत्युपछि मानव आत्म पशुपन्छि मनुष्य÷देवयोनीमा घुमिरहन्छ अतः यसखालको अमृत योनीलाई अमरत्वको साक्षरता बनाएर शोक सागरबाट मूक्ति प्राप्त गर्नु नै पूर्वीय दर्शनको उद्धेश्य हो । पूर्वीय दर्शनको सम्बन्ध कर्मसँग र कर्मसँगको सम्बन्ध जीवनसँग रहेको हुन्छ र दर्शनको सम्बन्ध मानव जीवनको कर्म, धर्म सबै सँग रहेको हुन्छ । पूर्वीय दर्शन एक नैतिक दर्शन हो । पूर्वीय दर्शनलाई आस्तिक र नास्तिक गरी दुई भागमा विभाजन गरिएको छ । सामान्य आस्तिक जसलाई परलोक वा पुनरजन्म विश्वास राख्ने मान्यता हो । परलोक र पुनरजन्ममा जसले विश्वास गर्र्दैैन त्यसलाई नै नास्तिक भनिन्छ । अत ः पूर्र्वीय दर्शन आस्तिक र नास्तिक दुवै विचारमा विभाजित रहेको छ । धार्मिक रुपबाट भन्दा पूर्वीय दर्शनमा आस्तिक र नास्तिक दुवै विचारका केही मत भेदहरु रहेको पाइन्छ । उदाहरणका लागि वौद्ध र जैन दर्शनले पुनरजन्ममा विश्वास गरेपनि यिनीहरु नास्तिक दर्शन मानिन्छन् । परम्परागत रुपमा हेर्दा ईश्वरवादी—ईश्वर मान्नेलाई आस्तिक र अनईश्वरवादीलाई नास्तिक मानिन्छ ।

वास्तवमा पूर्वीय दर्शनको भागवत गीता आफैँमा मूलतः व्यापक रहेको छ । जसलाई विश्वका अधिकांश मानिसहरुले अध्ययन गर्र्दै आएका छन् । यो संसारको पुरानो साँस्कृतिक महाकाव्य हो । पूर्वीय धर्म ग्रन्थले भनेको छ पूर्वीय भन्नाले भगवान र उहाँकै अंश राजा इन्द्र, पवन, यम, सूर्य, अग्नि, वरुण, चन्द र कुवेर यी आठ अंशलाई मानिएको छ । जहाँ वेद गुरु, गायत्री, गीता र गाई आदिले पुनरजन्ममा विश्वास राख्नुलाई पूर्वीय भन्ने गरिन्छ । वास्तवमा पूर्वीय भइ जन्म लिन केवल संयोग मात्र नभई पूर्व जन्मको संस्कार र भगवानको विशेष अनुकम्पा पनि हो । वेदमा आधारित दर्शनहरु ६ वटा छन् जसको निचोडबाट हिन्दु दर्शनको अस्तित्व कायम भएको हो ।

वेदबाट निर्देशित हिन्दु दर्शनका मूलत ः षड्दर्शनहरु रहेका छन् । जसको संक्षिप्त चर्चा यसरी गरिएको छ न्याय दर्शन ः न्याय दर्शनका प्रणेयता महर्षि गौतम हुन् । तार्किक प्रणालिमा आधारित यथार्थवादी यस दर्शनले ईश्वर प्राप्तिका उपायहरु बताउदछ । सांख्य दर्शन ः यो ऋषि कपिलमुनिद्धारा प्रतिपादित दर्शन हो । यसले संसारमा अचेतना र पुरुष चेतना दूई मूल तत्वहरुको व्याख्या गर्दछ । योग दर्शन ः महर्षि पतञ्जलीद्धारा प्रतिपादित यस दर्शनले योगाभ्यासबाट विवेक प्राप्त हुने कुरा बताउँदछ । वैशेषिक दर्शन : महर्षिकर्णादद्धारा प्रतिपादित यस दर्शनले पनि ईश्वर प्राप्तिका उपायहरु बताउँदछ । मिमांसा दर्शन ः ऋषि दैमनीद्धारा प्रतिपादित यस दर्शनले वैद्धिक कर्मकाण्डको विवेचना गरेको छ । वेदान्त दर्शन ः महर्षिवादनारायण व्यासको ब्रह्मा सूत्रमा आधारित यस दर्शनले सम्पूर्ण कुरा दर्शन हो तर संसार मिथ्या हो भनेर चर्चा गरिएको छ । पूर्वीय दर्शन अन्तर्गत वेदलाई नमान्य ३ दर्शनहरु छन् जसलाई संक्षिप्त चर्चा यसरी गरिन्छ ।

चार्वाक÷लोकायत दर्शन ः यो पूर्णत ः भौतिकवादी दर्शन हो । जगत् सत्य हो, संसार वायु, अग्नि जल तथा पृथ्वी चार तत्वहरुबाट बनेको छ । चेतनाको उत्पत्ति भौतिक बलबाट हुन्छ । शरीर नै आत्मा हो, शरीर नष्ट भएपछि चेतना पनि नष्ट भएर जान्छ तसर्थ बान्चुन्जेल सम्म सुखसम्म सँग बाँच भन्ने सिद्धान्त हो । वौद्ध दर्शन ः गौतम वुद्धको उपदेशबाट उत्पत्ति भएको वौद्ध दर्शन वैद्धिक दर्शन र चार्वाक दर्शनबीच बाट चल्न खोजेको दर्शन हो । वृद्ध र रोगी र मृत्यु देखेर ज्यादै दुखी भई दुःखबाट मुक्ति प्राप्त गर्न महात्मा गौतम वुद्धले ज्ञानको खोजी गरेका थिए । उनका अनुसार चार आर्य सत्यहरु संसारका सबै प्राणीहरुमा दुःख छ, दुःखको कारण छ, दुःख निवारणको उपाय छ उनका अनुसार दुःख हटाउने उपायहरु छन् ।

दःुख शान्त छ, दुःख निवारणको उपाय छ जसका अनुसार दःुख हटाउने आठ उपायहरु यसरी उल्लेख गरिएको छ ः सम्यक् दृष्टि, सम्यक् संकल्प, सम्यक् वाक, सम्यक् क्रमान्त, सम्यक् आजिव, सम्यक् व्यायम, सम्यक् स्मृत्ति र सम्यक् समाधि । यी आठ वटा साधना गर्नाले अज्ञानता नष्ट भई पूर्ण शान्ति प्राप्ति हुन्छ । जैन दर्शन ः प्रथम जैन अधिकार बर्दमान महाविरको उपदेशबाट उत्पत्ति भएको दर्शन हो । यसको मूख्य विशेषता सबै दया भाव राख्नु रहेको हो । ईश्वरको अस्तित्वलाई नकार्ने यस दर्शनले पनि सांसारिक वन्धनबाट छुटकारा पाउन मोक्ष प्राप्त गर्न सम्यक् विश्वास, सम्यक वाक् र सम्यक् आचरणलाई त्रिरत्न मानेको छ ।

यो दर्शनले अपनाउने आध्यात्मिक श्रेष्ठता प्राप्त गर्न कुनै पनि व्यक्तिले पाँच गुणहरुको अंगिकार गर्नुपर्दछ । ती गुणहरु यसरी रहेका छन् ः अहिंसाः सबै प्राणी प्रति अहिंसा राखी हत्या नगर्नु, सत्य ःसधैँ सत्य बोल्नु, अस्तेयः चोरी नगर्नु, व्रह्माचर्यः शारीरिक र मानसिक सबै प्रकारका इच्छाहरु त्याग गरी आफ्नो बानी, विचार र कर्ममा शुद्धता ल्याउनु र अपरिगग्रह : सांसारीक वस्तुहरु, सोचहरु र इच्छाहरुको त्याग गरी आफ्नो बानी, विचार र कर्ममा शुद्धता ल्याउनु ।

ब्रह्माद्धारा सांख्यक दार्शनिक उपनिषदमा ॐ असतोमा सद्गमय, तमसोमा ज्योतिर्गमय , मृत्योरमा अमृत गमय । ॐ शान्ति ः शान्ति ः शान्ति ः !!! भनिएको छ । जसको अर्थ हुन्छ असत्यबाट सत्यको नजिक लैजाउ अन्धकारबाट प्रकाशको नजिक लैजाउ मृत्युबाट अमरतोको नजिक लैजाउ यो नै जीवनको लागि उत्तम मार्गदर्शन हो । वास्तवमा हामीसँग यस्ता दर्शनको भण्डार नै छ । बाहिर ल्याउन र प्रयोगमा ल्याउन नसकेको मात्र हो । दर्शन र शिक्षा दुवै एक अर्कामा अन्योन्याश्रित छन् दर्शन विना शिक्षा र शिक्षा विना दर्शनको कुनै अर्थ रहदैन । त्यसैले फिक्टे (ँष्अजतभ) को भनाइ छ ुशिक्षा, कला दर्शन शास्त्रको सहायता विना प्रकटता र स्पष्टता प्राप्त हुन सक्दैनु ।

दर्शन र शिक्षा दुवै एक अर्कामा परिपूरक छन् किनभने शिक्षाले दर्शनको आधारमा नै उद्देश्यहरुको निर्माण गर्दछ तथा उद्देश्यहरुको आधारमा नै पाठ्यक्रम, पाठ्यपुस्तक शिक्षण विधि प्रक्रिया एवम् मूल्याङ्कन निर्माण गरिन्छ । व्यक्तिको जीवन दर्शनमा परिवर्तन हुने वित्तिकै शिक्षाको उद्देश्यमा पनि परिवर्तन हुन्छ । यस सम्बन्धमा जेन टाइले भनेका छन् ुदर्शनको साहयता विना शिक्षा सही मार्गतिर अग्रसर हुन सक्दैनु । दर्शनलाई शिक्षाको सैद्धान्तिक पक्ष मानिन्छ भने शिक्षालाई दर्शनको व्यवहारिक पक्ष मानिन्छ ।

किनभने प्रतिपादन गरेका सिद्धान्त र मूल्य मान्यताहरुको प्रयोग मानव हितका लागि गर्ने काम शिक्षाले गर्दछ । यस सम्बन्धमा रोशको भनाइ छ ुदर्शन र शिक्षा एउटै सिक्काका दुई पाटा हुन्ु दर्शन र शिक्षाका सम्बन्धमा प्रष्ट पार्दै जोन एडम्स भदन्छन् ुशिक्षा दर्शन गतिशिल पक्ष हो यो दार्शनिक चिन्तनको सक्रिय पक्ष र जीवनका आदर्शहरु प्राप्त गर्ने प्रयोगात्मक साधन होु यस प्रकार दर्शनले लक्ष निर्धारण गर्दछ भने शिक्षाले लक्ष पुरा गर्ने साधनको रुपमा काम गर्दछ । दर्शनले समस्याहरु देखाउदछ भने शिक्षाले समस्या समाधानका लागि कार्य गर्दछ । एउटा शिक्षक तथा प्राध्यापकले शिक्षाको माध्यमद्धारा नै दर्शनले पत्ता लगाएका धारणा र विश्वासहरुलाई विद्यार्थी समक्ष पस्किएर उसको व्यवहार परिवर्तन गरेको हुन्छ । दर्शनद्धारा प्रतिपादित सिद्धान्तको प्रयोगशाला घर, परिवार, समाज, समुदाय, विद्यालय तथा विश्वविद्यालय हुन् । शिक्षाशास्त्री जोन.डिवेले भनेका छन् ुदर्शन भनेको शिक्षाको सामान्य सिद्धान्त हो ।

निष्कर्षमा भन्नु पर्दा हामी मानवमा व्यक्तिवादी मात्र नभइ समग्रतावादी, भौतिकवादी नभइ आध्यात्मवादी, अवास्तविकतावादी नभइ यथार्थवादी, पदार्थवादी नभइ चेतनावादी, अनिश्वरदादी नभइ ईश्वरवादी हुनुको कुनै विकल्प देखिदैन । जीवन समग्रतामा रहन्छ । हामीमा मानवतावादी सोच, चिन्तन,विचार तथा दृष्टिकोण हुनु आवश्यक छ । हामीसंग भएको सनातना धर्म र धर्मग्रन्थलाई समय सन्दर्भ, आवश्यकता तथा सान्दर्भिकताको आधारमा सुधार,परिमार्जन, परिस्कृत गर्दै मानवीय जीवनमा अंगाल्नु छ । असल नागरिक तथा चरित्रवान भएर शान्त र समृद्ध बनाउनु छ । यसको लागि हाम्रा प्राचीन ग्रन्थ वेद, उपनिषद, श्रीमदभागवत गिता, त्रिपिटक, रामायाण, महाभारत, कौटिल्यको दर्शन, जातक, पञ्चतन्त्र, मनु स्मृति लगायत समग्र पूर्वीय ज्ञान तथा विज्ञानलाई आधुनीक समयमा विज्ञान र प्रविधिसंग जोडेर उच्च शिक्षाको पाठ्क्रममा समावेश गर्नु आवश्यक छ ।

यसका लागि हालको युवा जनशक्तिमा पूर्वीय दर्शनमा आधारित हिन्दु दर्शन प्रणालीमा आधारित शिक्षा व्यवस्था र पाठ्यक्रम कसरी समायोजन कसरी गर्न सकिन्छ भन्ने तर्कको बहस, पैरवी, गोष्ठि, सेमिनार जस्ता कार्यक्रम हिल्डातावाको आवश्यकताको पहिचानको चरणलाई प्रयोग गरेर उच्च शिक्षाको पाठ्यक्रममा प्रयोगर्नु आजको अनिवार्य आवश्यकता छ । यसका लागि सरकार, सरकारी नीतिमा आमुल परिवर्तन ल्याएर सरोकारवालाहरु बुद्धिजीवी, प्राध्यापक, शिक्षक, विद्यार्थी, ज्ञान, उत्पादन, विज्ञान, शिक्षण पद्धतिलाई दर्शनले विशिष्ट गरेबमोजिम मन, वचन र कर्मले निष्ठ भई सबै लागि पर्नु आवश्यक छ ।

हाम्रो ज्ञान लुकेको विज्ञान र धर्म सभ्यतालाई प्रायोगिक, पक्षका ढाल्नु अनिवार्य छ । उच्च शिक्षामा पूर्वीय दर्शनले आज राष्ट्रको आफनो पहिचान र त्यसबाट जीवनरस लिने शिक्षाको आवश्यकता रहेको छ । आज स्वदेशी शिक्षा, जीवनमूल्य मर्म, स्व भाषा संस्कृति प्रति आत्महिन भावबाट नागरिकलाई जोगाउन सकिएन भने भविष्यमा यो दर्शनमा ठूलो दुर्घटना हुने संम्भावना रहन्छ । स्वदेशी प्रति हिनता तथा विदेशी प्रति अतिरिक्त आकर्षक पैदा गराउने वर्तमान शिक्षाले राष्ट्रिय स्वाभिमान र आत्मनिर्भरतालाई नष्ट गर्दै गईरहेको यो परिवेशमा उच्च शिक्षामा पूर्वीय दर्शनलाई शिक्षाको आधार मानेर सोहि अनुसार पाठ्यक्रम, पाठ्यपुस्तक, शिक्षण विधि तथा पद्धतिहरु आधुनीक ज्ञान तथा विज्ञानलाई समेत समेटेर निर्माण गर्नु पर्दछ । नत्र भने आजको समयमा कोभिड १९ ले जसरी आम मानवमा विकराल अवस्थाको सिर्जन गरेको त्यो भन्दा पनि बढि समसया यसले निम्त्यिाउने कुरामा कुनै दुईमत रहेको छैन । त्यसैले यसको पूर्ण नेतृत्वसम्बन्धित विश्वविद्यालयहरु, विद्यालयहरु तथा विद्यापिठले लिएर तत्काल यसको बहस तथा पैरवी बढाउनु पर्दछ । हाम्रा प्राध्यापक, शिक्षक, बुद्धिजीवी, विद्दान, दार्शनिक, वैज्ञानिक, धर्मशास्त्री तथा संस्कृती विदहरुले यसको जिम्मा लिनु अनिवार्य आवश्यकता छ । यो काम ढिलो हुन लागि सकेकोले जति सक्यो छिटो एकमतका साथ काम सुरु गरौ ।

लेखकः एकराज शर्मा मध्पश्चिम विश्वविद्यालय बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुर पाठ्यक्रम तथा मूल्याङ्कन विभागकको विभागीय प्रमुख हुन ।

प्रकाशित मितिः शुक्रबार, जेष्ठ २८, २०७८     7:32:08 AM  |