बाँकेमा थप १८९ कोरोनामुक्त, २४ घण्टामा जिल्लामा थप ३१ मा संक्रमित पुष्टि



नेपालगञ्ज ।

बाँके जिल्लामा पछिल्लो २४ घण्टामा थप १ सय ८९ जना कोरोनामुक्त भएका छन् । ८६ जना महिला र १ सय ३ जना पुरुष कोरोनामुक्त भएको जिल्ला कोभिड व्यवस्थापन समिती बाँकेका फोकल पर्सन तेज ओलीले जानकारी दिए ।

उनका अनुसार योसँगै बाँकेमा कोरोनामुक्त हुनेको संख्या १६ हजार ४ सय ४४ पुगेको छ । तीमध्ये कोरोनामुक्त हुनेहरुमा ७ हजार १ महिला र ९ हजार ४ सय ४२ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा जिल्लामा थप ३१ मा कोरोना संक्रमण पुष्टि भएको थियो । जिल्लाका तीन प्रयोगशालामा गरिएको परीक्षणमा १६ महिला र १५ पुरुष गरेर थप ३१ जनामा संक्रमण देखिएको हो ।

भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा १२ महिला र ११ पुरुष गरेर २३, मेडिकल कलेज कोहलपुरको ल्याबमा गरिएको परीक्षणमा २ महिला र ४ पुरुष गरि ६ तथा बागेश्वरीको ल्याबमा २ महिलामा संक्रमण देखिएको थियो । योसँगै बाँकेमा कुल कोरोना संक्रमितको संख्या ७ हजार ३ सय १८ महिला र ९ हजार ८ सय ७७ पुरुष गरेर १७ हजार १ सय ९५ पुगेको छ ।

शुक्रबार जिल्लाका प्रयोगशालामा गरिएको परीक्षणमा बाहिरी जिल्लाका थप ५६ जनामा कोरोना संक्रमण देखिएको थियो । तीमध्ये २५ महिला र ३१ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा बाँकेका १ र बाहिरी जिल्लाका ५ सहित ६ संक्रमितको उपचारका क्रममा बाँकेका अस्पतालहरुमा मृत्यु भएको थियो । बाँकेका १ पुरुष तथा बाहिरी जिल्ला १ महिला र ४ पुरुष गरेर ५ जना गरी ६ को ज्यान गएको जिल्ला कोभिड व्यवस्थापन समिती बाँकेले जनाएको छ । योसँगै बाँके जिल्लाभित्रका १ सय २४ महिला र १ सय ७३ पुरुष गरेर २ सय ९७ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ । त्यसैगरी बाहिरी जिल्लाका संक्रमितको बाँकेका विभिन्न अस्पतालमा ९७ महिला र २ सय १० पुरुष गरेर ३ सय ७ जनाको मृत्यु भएको थियो ।

जिल्लाभित्र र बाहिरी जिल्लाका गरेर अहिलेसम्म ६ सय ४ संक्रमितको उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन समिती बाँकेले जनाएको छ । शुक्रबारसम्म बाँकेमा सक्रिय संक्रमितको संख्या ४ सय ५४ रहेको थियो । तीमध्ये १ सय ९३ महिला र २ सय ६१ पुरुष रहेका थिए । १ सय ६४ महिला र २ सय २८ पुरुष गरेर ३ सय ९२ होम आइसोलेसनमा रहेको जिल्ला कोभिड व्यवस्थापन समिती बाँकेका फोकल पर्सन ओलीले जानकारी दिए । बाहिरी जिल्लाका १ सय ९९ संक्रमितसहित बाँकेका २ सय ६१ जना भने अस्पताल तथा आइसोलेसन सेन्टरमा रहेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७८ जेठ २२ गते शनिबार