25 April 2024  |   बिहिबार, बैशाख १३, २०८१

खाद्य र साल्ट ट्रेडिङले केही वस्तुमा छुट दिने, चामल र कर्णालीको सिमीमा २० प्रतिशतसम्म

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, जेष्ठ २०, २०७८  

काठमाण्डाै – सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पाेरेशनले केही खाद्य वस्तुमा छुट दिने भएका छन् ।

अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/०७९ को बजेट सार्वजनिक गर्दै निषेधाज्ञा अवधिभर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पाेरेशनबाट खाद्य पदार्थ खरिद गर्दा २० प्रतिशतसम्म छुट पाइने बताउनुभएको थियो ।

दुई कम्पनीले बिक्री गर्दै आएको चामल, चिनी, नुन, तेल, तथा खाना पकाउने ग्यास खरिद गर्दा २० प्रतिशतसम्म छुट पाइनेछ । खाद्य कम्पनीको अनलाइन होम डेलिभरी तथा साल्ट ट्रेडिङ कर्पाेरेशनको मोबाइल भ्यान तथा बिक्री काउन्टरबाट खाद्य पदार्थको खरिद गर्दा याे छुट पाइने व्यवस्था गरिएको थियो ।

कर्पाेरेशनले पिठो, चिनी, नुन, भटमासको तेल र खाना पकाउने तेल तथा खाद्य कम्पनीले चामल र कर्णालीको सिमीमा २० प्रतिशत छुट दिनेछ । छुट लिन पहिचान खुल्ने प्रमाणपत्र लिएर जानुपर्नेछ ।

 

साभार उज्यालो

प्रकाशित मितिः बिहिबार, जेष्ठ २०, २०७८     7:21:08 PM  |