बजेटमा आ–आफ्नै तर्क वितर्क : लालपूर्जा दिने कार्यक्रम कार्यान्वयन हुन्



नेपालको इतिहासमा पहिलोपटक अध्यादेश मार्फत बजेट आएको छ । केपी शर्मा ओली नेतृत्वको सरकारले दोस्रो पटक प्रतिनिधि सभा विघटन गरेपछि सरकारले अध्यादेश मार्फत बजेट ल्याएको हो । विपक्षी दलहरुको विरोधका बाबजुत सरकारले ल्याएको बजेटमा मिश्रित प्रतिक्रिया आइरहेका छन् । सरकारले आगामी आर्थिक वर्ष २०७८÷७९ का लागि लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट ल्याएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको वार्षिक आयव्यय विवरण प्रस्तुत गर्दै यस्तो जानकारी गराएका हुन् । सरकारले चालु आर्थिक वर्षको तुलनामा १ खर्ब ७२ अर्ब ९३ करोड रुपैयाँ बढी आकारको बजेट ल्याएको छ । सरकारले चालु आवमा १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट कार्यान्वयन गरिरहेको छ । सरकारले सबै भन्दा बढी शिक्षा क्षेत्रको लागि बजेट छुट्याएको छ । कोरोना संक्रमण प्राथमिकतामा परेको छ । भने खोप खरिदका लागि समेत उल्लेख्य बजेट विनियोजन गरिएको छ । सरकारले चुनावीमुखी जनता रिझाउने खालका कार्यक्रम समेत ल्याएको छ । जेष्ठ नागरिकको भत्ता बृद्धि देखि कर्मचारीको तलब बृद्धि र व्यवसायीहरुलाई कर छुटे दिनेसम्मका बजेटमा समावेश छन् । सरकारले पत्रकारहरुको निःशुल्क उपचारदेखि बिमा गर्ने सम्मका कार्यक्रम ल्याएको हो । बजेटका विषयमा सरकार र सरकार इतरका पक्षले आ आफ्नै तर्क वितर्क गरेका छन् । सरकारी पक्षले उत्कृष्ट बजेट आएको बताएको छ । भने विपक्षीहरुले भने सरकारले चुनाव केन्द्रीत जनता भड्काउने बजेट ल्याएको टिप्पणी गरेका छन् । बहुसंख्यकहरुको चिन्ता भने बजेट कार्यान्वयनमा रहेको छ । यसमा स्वयम सत्ता पक्षका प्रतिनिधि समेत ढुक्क हुने अवस्थामा छैनन् । सरकारले शनिबार प्रस्तुत गरेको बजेटका विषयमा हामीले विभिन्न क्षेत्रका नागरिक, राजनीतिककर्मी र युवाहरुको प्रतिक्रिया समेटेका छौँ । मिसन टुडे दैनिकसँगको कुराकानीमा उनीहरुले मिश्रित प्रतिक्रिया दिएका छन् ।

अमर विके
दलित अगुवा


महामारीको समयमा बजेट आएको छ । बजेट भाषण मैले प्रत्यक्ष सुन्न त पाइदैन । तर मिडियामा आएका समाचार र रेडियोहरुले दिएका जानकारी अनुसार मैले यो सरकारले चुनावी बजेट आएको जस्तो मैले महशुस गरेको छु । जनतालाई बजेटका माध्यमबाट भोट आकर्षित गर्ने बठ्याइ गरेको छ ।

चुनाव हुने की नहुने भन्ने अहिलेको समयमा अहिले नै यसै भन्न सकिने अवस्था भने छैन । सरसर्ती हेर्दाखेरी जनतामुखी जस्तो देखिएपनि बजेट भने रणनीतिक छ । त्यो भनेको दुई चरणमा हुने भनेर तोकिएको चुनाव नै हो । बृद्धा भत्ता ह्वात्तै बढ्नु, कर्मचारीको तलब बढाइनु, व्यवसायीलाई करमा छुट दिने खालका कार्यक्रम आउनु यी कुराले स्पष्ट भएको छ, की बजेट चुनाव लक्षित हो ।

सरकारले ल्याए अनुसार बजेट कार्यान्वयन गर्न सक्यो भने त सत्तापक्ष मात्रै होइन विपक्षीहरु समेत खुसी हुने कुरा हुन्छ । तर कोरोना महामारीको समयमा बजेट कार्यान्वयन कसरी गर्ने भन्ने मुख्य चुनौतीको रुपमा रहेको छ । सरकारले अझैबाट बजेट कार्यान्वयनमा ध्यान दिनुपर्छ ।कोरोनाको महामारीको बेलामा स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिनु सरकारको राम्रो पक्ष हो । यसमा कोरोनाको फ्रन्टलाइनमा खटिएकाहरुलाई राहत पुग्छ । बजेट ठिकै देखेको छु ।कार्यान्वयनमा शंका छ ।सरकारले लालपूर्जा दिने, खरका छाना हटाउने, जनता आवास कार्यक्रम ल्याएको छ । यसमा बास्तविक पीडितले सुविधा पाउनुपर्छ भन्ने मेरो मान्यता रहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ जेठ १७ गते सोमबार