11 May 2024  |   शनिबार, बैशाख २९, २०८१

बाँकेमा निषेधाज्ञा फेरि एक हप्ता थपियो

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, जेष्ठ १६, २०७८  

नेपालगञ्ज ।

बाँकेमा फेरि एक हप्ताका लागि निषेधाज्ञा थपिएकोछ । बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालको अध्यक्षतामा बसेको सुरक्षा समितिको बैठकले बाँकेमा निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरेको हो ।

जिल्ला प्रशासन कार्यालय बाँकेको स्रोतका अनुसार जिल्लामा कोरोना भाइरस संक्रमणको अवस्था अझैं नियन्त्रणमा आइनसकेको भन्दै थप एक हप्ताका लागि निषेधाज्ञा थपिएको छ ।

यो निषेधाज्ञा छैठौं पटक थप गरिएको हो । यसअघि जेठ १० गते पाँचौं चरणमा एक हप्ताका लागि निषेधाज्ञा बढाइएको थियो । बाँकेमा पहिलो पटक गत वैशाख ९ गते नेपालगन्ज उपमहानगरपालिका क्षेत्रमा मात्र निषेधाज्ञा जारी गरिएको थियो ।

दोस्रो चरणमा वैशाख १३ गतेदेखि हुँदै जेठ ९ गते पुनः बाँकेमा निषेधाज्ञा कायम गरिएको थियो । पाँचौं चरणको निषेधाज्ञाको समयअवधि भोली १७ गते राती १२ बजे सकिन्दैछ ।

निषेधाज्ञाको समयअवधि सकिन लाग्दा पुनः एक हप्ताका लागि निषेधाज्ञा थप गरिएको छ ।

प्रकाशित मितिः आइतवार, जेष्ठ १६, २०७८     4:28:01 PM  |