5 December 2021  |   आइतवार, मंसिर १९, २०७८

मदन भण्डारी राजमार्गले पायो ३ अर्ब २० बजेट

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, जेष्ठ १५, २०७८  

काठमाडौं : सरकारले मदभण्डारी राजमार्गका लागि ३ अर्ब २० बजेट विनियोजन गरेको छ ।

शनिबार अध्यादेशमार्फत आएको आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले सो आयोजनाका लागि सो बजेट विनियोजन गरिएको जानकारी दिएका छन् ।

उनले हेटौं–सिन्धुली–धरान खण्डको निर्माण आगामी आथिउृक वर्ष भित्र सकाउने बताएका छन् । त्यसभन्दा पूर्वको खण्डको निर्माणको काम पनि आगामी वर्षमा अघि बढाउने बजेटमा उल्लेख छ ।

 

सरकारले चुरे आसपासका क्षेत्रको विकासका लागि भन्दै २०७५ जेठ ६ इलामका रोङ गाउँपालिकाको सलकपुरदेखि डँडेलधुराको रुपाल जोड्ने ‘मदन भण्डारी राजमार्ग’ घोषणा गरेको थियो ।

धेरैजसो यसअघि नै बनिसकेका स्थानीय सडक खण्डलाई नै राजमार्ग बनाउने गरी प्रस्तावित रुट सार्वजनिक भएको थियो ।

प्रकाशित मितिः शनिबार, जेष्ठ १५, २०७८     6:56:48 PM  |