यी हुन् गायक नितेश जङ कुंवरको प्रेमिका



काठमाडौँ : नेपाली युवा पस्ताबीच निकै लोकप्रिय गायक हुन्, नितेश जङ कुंवर।

केही महिनाअघि उनले समााजिक सञ्जालमा संगीतबाट बिदा लिने घोषणा गरेपछि नितेश झन चर्चामा आएक थिए। नितेश फेरि एकपटक चर्चामा आएका छन्, प्रेमको विषयमा।

नितेश र ओसिन सिटौला प्रेम सम्बन्धमा रहेको खुल्न आएको छ। ओसिन एक चर्चित संचारकर्मी, मोडेल, तथा नेपालको सबैभन्दा लोकप्रिय रियलिटी शो भ्वाइस अफ नेपालमा होस्ट समेत हुन्।

 

यतिबेला यी दुईको सम्बन्धले निकै चर्चा पाएसँगै उनका फ्यानहरुमा समेत कौतुहलता पैदा हुन थालेको छ। केही दिनअघि ओसिनले नितेशको जन्मदिनमा केही भिडियो र तस्वीरहरु सार्वजनिक गर्दै जन्मदिनको शुभकामना दिएकी थिइन्। जसमा उनीहरुको प्रेम प्रस्ट रुपमा देखिन्छ।

आफुहरु एकअर्काको प्रेममा रहेको कुरा खुलेर मिडियामा नआएता पनि ओसिन र नितेश प्रेममा छन् भनेर उनीहरुकै निकटका साथीहरुले पनि बताएका छन्।

  • No tags available
प्रकाशित मिति : २०७८ जेठ १४ गते शुक्रबार