29 March 2024  |   शुक्रबार, चैत्र १६, २०८०

सुत्नुअघि नुहाउँदा हुन्छन् यस्ता फाइदा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, जेष्ठ १२, २०७८  

नुहाउनु एउटा दैनिक क्रिया हो । नुहाउनुले हाम्रो शरीरको मैलो निस्किन्छ र ताजगी महशुस गराउँछ । धेरै मान्छे बिहान नुहाउँछन् । हालै एक अध्ययनले बिहान भन्दा राति नुहाउँदा स्वास्थ्यका लागि फाइदा पुग्ने जनाएको छ।

न्युयोर्कका एक छाला रोग विशेषज्ञले दुईटै समय नुहाउँदा शरीरलाई फाइदा हुने भएपनि राति बढी फाइदा पुग्ने बताएका छन् । उनी भन्छन्, ‘बिहान नुहाउँदा पनि कुनै हानी हुने होइन । फाइदा नै छ तर बेलुका नुहाउँदा स्वास्थ्यका लागि केही थप फाइदा छन्।’

राति नुहाउँदा दिनभरिको पसिना, चिल्लो पदार्थ र एलर्जी निकालेर गहिरो निद्रा लाग्ने बनाउँछ । साथै छालामा रहेको अनावश्यक तत्व निस्केर सुन्दर बनाउँछ।

एलर्जी र खटिराबाट मुक्ति

न्युयोर्कका छालारोग विशेषज्ञ डा सामेर जबेरले रातको समय नुहाउँदा दिनभरको धुलोमाटो र मैले सफा हुने बताए । उनी भन्छन्, ‘दिनभरिको फोहर लिएर सुत्दा तपाईंको निद्रामा समस्या आउन सक्छ । यसैगरी छालासँग सम्बन्धित एलर्जी पनि हुन सक्छ । त्यसैले राति सुत्नुअघि नुहाउनु राम्रो हुन्छ।’

उनका अनुसार नुहाउनु भन्दा पनि जरुरी त सुत्नुअघि अनुहार धुनु हुन्छ । किनभने यस्तो गर्ने गरिएन भने दिनभरिको फोहरका कारण अनुहारमा खटिरा आउन सक्छन्।

गहिरो निद्रा

नुहाउँदा शरीरको तापक्रम सामान्य हुन्छ । जसले तपाईंलाई गहिरो निद्रा आउँछ । धेरै अध्ययनमा बताइएको छ कि सुत्नुभन्दा ९० मिनेट पहिले नुहाउँदा शरीरको ता पक्रम सामान्य हुन्छ र गहिरो निद्रा आउँछ । यसका साथै सावर लिँदा दिमागका कर्टिसोल नामक स्ट्रेस हर्मनको स्तर कम हुन्छ । र, मानसिक स्वास्थ्य सुध्रिन्छ।

छाला चम्किलो हुन्छ
रातमा शरीरले छालाको कोशिका आफैं स्वस्थ बनाउँछ । मृत कोषिका हटाएर नयाँ कोशिका उत्पादन गर्ने काम पनि शरीरले राति नै गर्छ । यसले डा जबेर राति नुहाउनुलाई फाइदाजनक ठान्छन् । उनी भन्छन्, ‘राति नुहाउनुभयो भने शरीरलाई यस प्रक्रियामा सहजता मिल्छ।’

प्रकाशित मितिः बुधबार, जेष्ठ १२, २०७८     8:55:31 AM  |