29 March 2024  |   शुक्रबार, चैत्र १६, २०८०

बच्चालाई स्तनपान गराउने ५ वैज्ञानिक आसन र ध्यान दिनुपर्ने ११ कुरा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, जेष्ठ १२, २०७८  

आमा र बच्चाको सम्बन्ध गर्भावस्थादेखि नै हुन्छ। शिशुको बाँच्ने र स्वस्थ रहने सम्भावना बच्चा गर्भमा रहेदेखि नै बच्चा र आमालाइ गरिने स्याहार र आहारमा भर पर्छ। नवजात शिशुमा रोग प्रतिरोधात्मक शक्ति ज्यादै न्युन हुन्छ। आमाको दुधमा ल्याक्टोफोर्मिन, कार्बोहाइड्रेट, मिनरल्स, हर्मोन्स, एन्टिबायोटिक्स तथा लिम्फोसाइट्स पाइन्छ जसले बच्चामा रोग प्रतिरोधक क्षमता बढाउँछ। त्यसैले जन्मेदेखि नै आमाको पोसिलो दुध बच्चालाइ खुवाउनुपर्छ।

स्तनपानका क्रममा गरिने सानातिना गल्तिले बच्चामा ठूलै संक्रमण हुनसक्छ। स्तनपान गराउने आसन नमिल्दा तथा स्तनपान गराउन नजान्दा कहिलेकाहीँ दूध सर्किएर बच्चाको मृत्युसम्म पनि हुनसक्छ। त्यसैले स्तनपान गराउने आमाले थुप्रै कुरामा ध्यान पुर्‍याउनुपर्छ।

बच्चालाइ स्तनपान गराउदा निम्न वैज्ञानिक आसनहरु अवलम्बन गर्न सकिन्छ :

कार्डल होल्ड
यो पोजिसनमा दूध खुवाउँदा आमा ठाडो गरि कुर्ची वा खाटमा बस्ने र बच्चालाई आफूपट्टि फर्काएर आमाको पाखुराले बच्चाको टाउकोलाई आड दिएर राख्नुपर्छ।

क्रस कार्डल होल्ड
यो पोजिसनमा बच्चाको टाउकाको पछाडि कानभन्दा अलि तल आमाको हात राखेर बच्चालाइ कार्डल होल्ड पोजिसनमा जस्तै राखी आफूतर्फ फर्काएर स्तनपान गराइन्छ।

फुटबल होल्ड
यो पोजिसनमा पनि आमा ठाडो आसनमा बसिे बच्चालाइ जुन दुध खुवाउने हो त्यही साइडको पाखुरामुनि च्यापेर बच्चाको टाउको आफूपट्टि र खुट्टा आफ्नो पछाडिपट्टि फर्काएर स्तनपान गराइन्छ।

लेइड ब्याकर
यो पोजिसनमा आमा आधा ढल्किएर बच्चालाई आफ्नो पेट वा पाखुराको आड दिएर स्तनपान गराइन्छ।

आफूतर्फ पल्टिएर
आमा बच्चातर्फ पल्टिएर आफ्नो हात बच्चाको टाउकोमा र पाखुराको तल्लो भागले बच्चालाइ आफूतर्फ फर्काएर स्तनपान गराइन्छ। यसरी बस्दा आमालाइ पछाडिबाट तकिया वा अन्य केहीको सपोर्ट दिनुपर्दछ।

स्तनपान गराउँदा आमाको खाली रहेको हातले आफ्नो स्तनलाई चित्रमा देखाएजस्तै “ऋ” अथवा “ख्” अथवा “ग्” होल्ड गरेर राख्नुपर्छ। साथै आमाले बच्चालाइ सजिलो हुनेगरि आफूतर्फ फर्काएर टाउको र ज्यानलाइ पछाडिबाट सपोर्ट दिनुपर्दछ।

स्तनपान गराउँदा आमाले ध्यान दिनुपर्ने कुराहरु

  • स्तनलाई सधै सुख्खा राख्नुपर्छ।
  • स्तनपान गराउनु अघि स्तन सफा गर्नुपर्छ।
  • स्तनपान गराउदा माथि उल्लेखित आसनमा बस्नु पर्दछ।
  • बच्चाले दुध नचुसेमा आमाले निचोरेर खुवाउनुपर्छ नत्र दुध गान्निएर पाक्न सक्छ
  • दुध सेवनसंगै बच्चाले हावा पनि लिने हुँदा दुध सेवनपछि ढाडमा हल्का ढक्ढकाएर डकार गराउनु पर्छ।
  • दैनिक रुपमा बच्चालाई १० देखि १५ पटकसम्म आमाको दूध सेवन गराउनु पर्छ।
  • विभिन्न संक्रमण हुनसक्ने हुँदा सकभर बोतलको दुध खुवाउनु हुँदैन।
  • बिनाहिच्किचाहट समय भएपछि सार्वजनिक स्थानमा पनि स्तनपान गराउनु पर्छ।
  • स्तनपान गराउने आमाले प्रशस्त मात्रामा पोसिलो तथा स्वस्थकर खानेकुरा खानुपर्छ।
  • साथै बच्चालाइ समयमै सबै खोप लगाउनु पर्छ।
  • ६ महिनापछि बच्चालाई आमाको दूृधका साथै अन्य पोषणयुक्त खानेकुरा जरुरत पर्ने हुँदा खाना, जाउलो, लगायत पोषणयुक्त खानेकुराहरु खुवाउनु पर्छ।

– (मेडिकल माइक्रोबायोलोजिस्ट)

प्रकाशित मितिः बुधबार, जेष्ठ १२, २०७८     8:35:34 AM  |