5 December 2021  |   आइतवार, मंसिर १९, २०७८

कोरोनाबाट डल्ले साबुनका नेपालकै पहिलो उद्योगी कसौधनको मृत्यु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, जेष्ठ ११, २०७८  

बुटवल ।

रुपन्देहीका प्रतिस्थित उद्योगपति सतिशचन्द्र कसौधनको कोरोना संक्रमणबाट मृत्यु भएको छ । नेपालमै पहिलो डल्ले सावुन उद्योग सन्चालक समेत रहेका उद्योगी कसोधनको काठमाडौं स्थित सशस्त्र प्रहरी अस्पतालमा मृत्यु भएको हो ।

कोभिड संक्रमणका कारण गम्भीर भएपछि उनलाई थप उपचारका लागि एपीएफ अस्पताल काठमाडौंमा लगिएको थियो । रुपन्देही उद्योग संघका पुर्व अध्यक्ष हाल सोही संघका अध्यक्षिय परिषदका अध्यक्ष रहेका छन् ।

कसौधनका एक श्रीमती २ छोरा छन् ।

कसौधनको निधनले नेपालकै उद्योग क्षेत्रलाई अपुरणीय क्षती पुगेको रुपन्देही उद्योग संघका कार्यसमिति सदस्य युवराज आचार्यले बताए ।

प्रकाशित मितिः मङ्लबार, जेष्ठ ११, २०७८     6:00:51 AM  |