19 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

ग्लोबल आइएमई बैंकद्वारा कोरोना अस्पताललाई औषधि र स्वास्थ्य सामाग्रीहरु हस्तान्त्रण

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, जेष्ठ ९, २०७८  

काेहलपुर। 

ग्लोबल आइएमई बैंक लिमिटेड कोहलपुर शाखाले बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कोहलपुर नगरपालीकाद्घारा संचालित अस्थाई कोराना अस्पताल (Temporary Corona Hospital) लाई अत्यावश्यक बिभिन्न किसिमका औषधीहरु र त्यँहा उपचारत विरामीहरुका लागी १०० थान स्वास्थ्य सामाग्रीहरु (Hygiene Kits) हस्तान्तरण गरेको छ । ग्लोबल आइएमई बैंक ली. कोहलपुरका शाखा प्रबन्धक श्री निर्मल राज बुढाथोकीले आज एक समारोहका विच उक्त सामाग्रीहरु कोहलपुुर उधोग वाणिज्य संघका अध्यक्ष लक्ष्मण राज पौडेलको उपस्थितीमा कोहलपुर नगरपालीका उप प्रमुख सन्जु कुमारी चौधरीलाई हस्तान्तरण गर्नुभएको छ ।

बैंकले प्रदान गरेको स्वास्थ्य सामाग्रीहरुले अस्पतालमा उपचाररत कोरोना संक्रमित विरामीहरुको उचारमा राहत प्रदान गर्ने बताउदै कोहलपुर नगरपालीका उप प्रमुख सन्जु कुमारी चौधरीलैे महामारी नियत्रणका लागी कोहलपुर नगरपालीकाद्धारा संचालीत अस्थाई कोरोना अस्पताललाई स्वस्फुर्त सहयोग पुर्याएकोमा ग्लोबल आइएमई बैंक लिमीटेडलाई धन्यवाद दिनुभएको छ ।
कार्यक्रममा बैंकको कोहलपुर शाखा प्रबन्धक निर्मल राज बुढाथोकीले बैंकले आफ्नो स्थापनाकाल देखि नै संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न सामाजिक कार्यहरुमा सदा अग्रसर रहेको जानकारी गराउनुभयो ।

बैंकले २७३ वटा शाखा, ४७ वटा एक्सटेन्सन तथा राजश्व संकलन काउण्टर, २४२ एटिएम,२५७ शाखारहित बैंकिङ्ग सेवा र नेपाल बाहिर ३ प्रतिनिधि  सम्पर्क कार्यालय (अष्टेलिया, बेलायत र भारत) मार्फत आफ्ना २२ लाख भन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

 

 

प्रकाशित मितिः आइतवार, जेष्ठ ९, २०७८     8:38:09 PM  |